Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

‘देश खोज्दै जादाँ’लाई वेष्ट फिचर अवार्ड

‘देश खोज्दै जादाँ’लाई वेष्ट फिचर अवार्ड

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ २३ २०७४


‘देश खोज्दै जादाँ’लाई वेष्ट फिचर अवार्ड

दमक ।  चलचित्र ‘देश खोज्दै जाँदा’ले नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव– २०१८ मा बेस्ट फिचर फिल्मको अवार्ड जित्न सफल भएको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले पोखरामा यहि माघ १९ गतेदेखि २२ गतेसम्म आयोजना गरेको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रकाश आङदेम्बे निर्देशक रहेको सो चलचित्रले वेष्ट फिचर अवार्ड जितेको हो ।

जितसंगै चलचित्रले नगद ५० हजार,ट्रफि पाएको छ । सो चलचित्र महोत्सवमा निर्देशक आङदेम्बेसहित मुख्य कलाकार हेमन्त बुढाथोकी लगायत सहभागी थिए ।महोत्सवमा प्रदर्शन गराउनका लागि विश्वका विभिन्न देशबाट तीन सयको संख्यामा चलचित्र प्राप्त भएकोमा त्यसमध्ये ५० वटा चलचित्रलाई प्रदर्शनका लागि छनोट गरिएको थियो ।

निर्देशक आङदेम्बेले चलचित्र ‘देश खोज्दै जादा’ ले अन्तराष्ट्रिय स्तरको पुरस्कार प्राप्त हुनु चलचित्रका सम्पूर्ण यूनिटको देन भएको बताए । यसअघि समेत देश खोज्दै जादाँले विभिन्न अन्तराष्ट्रिय चलचित्र अवार्ड जितेको थियो ।
चर्चित साहित्यकार उपेन्द्र सुब्बाको कथा रहेको सो चलचित्र भुटानी शरणार्थीमा आधारित रहेको छ । चलचित्रमा बुढाथोकी, बाबु बोगटी, तिब्बत राई, सरिता ओली, अरुणा कार्की, गायक एलपी जोशी, साहित्यकार प्रकाश बुढोथोकी, गीतकार शिवशंकर थापा, साहित्यकार धनकुटे कान्छा लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार