करफोक । करफोकमा संचालित टुर्वोग सुर्योदय नगरकप फुटबल २०७४ अन्र्तगत क्वाटरफाइनलको दोश्रो खेलमा बिजयी बन्दै सहारा स्र्पोटिङ क्लब सेमीफाइनल प्रवेश गरेको छ ।
करफोक विद्या मन्दिरको खेलमैदामा भएको खेलमा सहारा स्र्पोटिङ सुर्योदय नगरपालिका–५ ले क्रोकोडाइल सालामान्डर सुर्योदय नगरपालिका–१ लाई ३–० गोल अन्तरले हराउँदै सेमी प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको अन्तिम मिनेटमा सनम लिम्बुको गोलबाट सहाराले अग्रता लिएको थियो । दोश्रो हाफको २६ औ मिनेटमा दिवस खापुङले अग्रता दोव्वर पारे । दोश्रो हाफको इन्जुरी समयमा बिवश राईले गोल गरेपछि सहारा ३–० को फराकिलो जित निकाल्दै सेमी यात्रा तय गरेको हो ।
त्यसैगरी सोमबार तेश्रो क्वाटरफाइनल खेलमा मालुम युथ क्लब सुर्योदय नगरपालिका–८ ले पञ्चकन्या एफसी को सामना गर्दैछ ।