Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरबासी भन्छन “विकासका नाममा बिनास नगर”

सुर्योदय नगरबासी भन्छन “विकासका नाममा बिनास नगर”

  •  नमिन ढकाल
  • शुक्रबार, माघ १९ २०७४


सुर्योदय नगरबासी भन्छन “विकासका नाममा बिनास नगर”

फिक्कल । सुर्योदय नगरपालिकाले आफनो क्षेत्राधिकार भन्दा बाहिर गएर नगरबासीलाई सुकुम्बासी बनाउन लागेको भन्दै स्थानिय आन्दोलित बनेका छन । मेची राजमार्ग दुवै पट्टि १५ मिटर कायम गराउदा नगर क्षेत्रका अधिकाँश बासिन्दा र व्यवसायीहरु बिस्थापित हुने खतरा रहेको भन्दै आन्दोलित बनेका हुन ।

सडकको क्षेत्राधिकार नगरपालिका को हो भने सडक ऐन २०३१ को अर्थ नभएको सुर्योदय नगरपालिकाको आइतबारेमा पिडित संर्घष समितीले पत्रकार भेटघाटको आयोजना गरेर बताएको छ ।

पत्रकार सम्मलेनमा बोल्दै संर्घष समितीका संयोजक शिवकुमार राईले एक्कासी सुर्योदय नगरपालिका र जनप्रतिनिधीहरुले स्थानियसंग परार्मश नगरी १५ मिटर कायम गराउने सुचना प्रकाशन गर्ने कार्य गलत भएको बताए ।

उनले हाल रहेको मेची राजमार्ग विचबाट दुवै तर्फ साढे सात मिटर कायम गराउँदा समेत ४ लेनको बाटो बन्न सक्ने भएकाले नगरपालिकाले हचुवाको तालमा जनतालाई सुकुम्बासी बनाउने नियत राखेको बताए ।

नगरपालिकाले जनता त्रसित बनाउने काम बन्द नगरे राजनितिक दलहरु समेत विरोधमा उत्रन बाध्य हुने नेपाली कांग्रेसका क्षेत्रिय सभापती दुर्गा बरालले बताए । उनले मेची राजमार्ग डिभिजन सडक कार्यालय अन्र्तगत पर्ने भएकाले नगरपालिकाले मेची राजमार्गको क्षेत्राधिकार बढाउन एकल निर्णय गर्नु नगरबासी र व्यवसायीहरुलाई विस्थापित गराउनु बाहेक अन्य उपलव्धीमुलक कार्य नभएको धारणा राखे ।

समितीका सदस्य भिष्म प्रधानले २०७१ साल भदौमा गरिएको सर्वेक्षण अनुसार तत्काल अबस्थामै झापा इलामको सिमाना जोरकलशदेखी राजदुवालीसम्म १५ मिटर कायम गर्दा ८ सय भन्दा बढी घर परिवार विस्थापित हुने खतरा रहेको बताए । उनले आफुहरु विकास विरोधी नभएको तर विकासका नाममा विनास निम्त्याउन नगरपालिका लागी परेको बताए ।

फिक्कलका व्यवसायी प्रभाकर प्रधानले स्थानिय सरकारले नगरबासीको परार्मश नलिइ विनासका निम्ती अगाडी बढदै गएकाले भावी दिनमा यसले ठुलो असर पुग्ने बताए । उनले मेची राजमार्ग भित्र पर्ने कन्याम क्षेत्रमा समेत १५ मिटर कायम गर्दै बाटो बढाउने कार्यले पर्यटनको आधार नै खतरामा पर्ने संभावना रहेको बताए ।

उनले राजमार्ग संरक्षणको जिम्मा पाएको डिभिजन सडक कार्यालय र सडक ऐन २०३१ लाई उपेक्षा गर्दै एकल निर्णयका आधारमा नगरपालिकाले विनासको सुरुवात गरेको बताए । सरकारी सुचना ३५ दिने निकाल्नुपर्ने प्रावधान भएपनि आफुखुशी १५ दिने सुचना निकालेर जनता त्रसित पार्ने वाहेक अन्य काम जनप्रतिनिधीहरुले नगरेको उनको आरोप छ ।

माओवादी केन्द्रका नेता प्रविन तिम्सिनाले कन्याम देखी कटुसेसम्मको करिब साढे सात करोड बरावरको सडकको बिस्तृत सर्भे विवरण (डिपीआर) भएकोले सोको आधारमा हंगामा गरिएको बताए ।

यता मेचीराजमार्ग क्षेत्राधिकार खाली गर्ने गराउने कार्य संयोजन तथा व्यवस्थापन समितीका संयोजक शिवकुमार बस्नेत आफुहरुले स्थानिय सरकार संचालन ऐन २०७४ ले राष्ट्रिय र प्रादेशिक सडकको क्षेत्राधिकार बढाउने जिम्मा स्थानिय तहलाई दिएकाले सोही ऐन अनुसार सुर्योदय नगरपालिका भित्रको मेची राजमार्ग खण्ड १५ मिटर कायम गराउने कार्य अघि बढाएको बताए ।

उनले सडक डिभिजन र नापी कार्यालयको सहयोगमा नगर क्षेत्रको सडक नापजाँचको कार्य सम्पन्न भएकाले लगत कट्टा प्रक्रियापछि सडक अतिक्रमण भएका क्षेत्रमा भत्काउन सुरु गरिने बताए ।

उनले स्थानिय सरकारको समृद्धिको सोच रहेकाले नगरपालिकाको कामलाई सहयोग गर्न नगरबासीलाई अपिल गरे । बस्नेतले नगरपालिकाको आफनै नियम भएकाले ३५ दिने सुचनाको साटो १५ दिने निकालिएको र आवश्यक परेमा अन्य समय थप गर्न सकिने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार