काठमाण्डौं । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल एशियाली राजनीतिक पार्टीहरू को अन्तर्राष्ट्रिय बैठक ९आईक्याप० को २९ औ स्थायी कमीटीको बैठक साथै शिल्करोड सम्बन्धी सम्मेलनमा भाग लिन ईरानको राजधानी तेहेरान प्रस्थान गरेका छन् ।
कतार एयरलाइन्सबाट गएका खनाल उक्त कार्यक्रमको बिशेष बक्ताको रुपमा छन् ।
उक्त सम्मेलनमा एसीया, यूरोप, अफ्रिका लगागतका २४ मूलुकका ३८ राजनैतीक पार्टीका नेताहरु प्रतिनिधिको रुपमा सहभागी हुनेछन् ।
त्यहाँ रहदा खनालको बिभिन्न देशका राजनैतीक पार्टीहरुका नेताहरु संग भेटघाट हुने साथै ईरानी सरकारको मेतालेफेह पार्टीको नेताहरु संग दुई पक्षिय भेटघाट हुने कार्यक्रम रहेको छ ।
पुर्ब प्रधानमन्त्रि खनालले शिल्क रोडमा राजनैतीक पार्टीहरुको भुमिका भन्ने बिषयमा बिषेश बक्ताको रुपमा बोल्ने कार्यक्रम रहेको उनकोे स्वकिय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
उत कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालका सहयोगीको रुपमा बिश्व प्रजातन्त्रिक यूवासघंका पूर्व उपाध्यक्ष योगेन्द्र शाही गएका छन् ।
यसै बिच आगामी दिनमा क्ष्ऋब्एए बैठक, सम्मेलन नेपालमा गर्ने संम्भाबनाको बारेमा पार्टी अध्यक्ष के।पी शर्मा ओली र बरिष्ठ नेता खनाल बिच कुराकानी भएको छ ।