Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका उद्यसिलता विकास तालिम सम्पन्न

इलाम नगरपालिका उद्यसिलता विकास तालिम सम्पन्न

  • सन्देश सम्बाददाता
  • बिहिबार, माघ १८ २०७४


इलाम नगरपालिका उद्यसिलता विकास तालिम सम्पन्न

इलाम । इलाम नगपालिका क्षेत्रमा रहेका युवायुवतीलाई उद्योग व्यवसायमा संलग्न गरि रोजागरी सिर्जना गर्ने उदेश्यले १० दिने उद्यमसिलता तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति इलामको आयोजना र इलाम नगरपालिकाको सहयोगमा उद्यमसिलता तालिम सम्पन्न भएको हो । २ जना पुरुष र २७ जना महिला सहभागि भएको तालिममा उद्योग व्यवसायको स्थापना गर्नुअघि अपनाइने विधि, उद्योग व्यवसायको बजारीकरण उद्योग व्यवसयाको दर्ता प्रक्रिया र स्तरउन्नतीका बारेमा जानकारी गराइएको थियो ।
तालिममा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत नविनकुमार पौडेल, कार्यक्रम संयोजक खड्ग बस्नेत, उद्यम विकास सहजकर्ता निरोज राई र साधना लिम्बुले सहजीकरण गर्नुभएको थियो । बुधबार भएको तालिम समापन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत नविनकुमार पौडेलले सीकेका सीप व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार