इलाम । अनेरास्ववियुृ इलामले शहिद विदसको अवसर पारेर इलामको माटोमा जन्मेका राष्ट्रिय शहिदहरु रत्न कुमार वान्तवा र बम प्रसाद वान्तवालार्इ सम्झिएकाे छ ।शहिदहरु धर्मभक्त माथेमा,दशरथ चन्द,शुक्रराज शास्त्री,गगांलाल श्रेष्ठ हुदै लगायत सम्पुर्ण ज्ञात अज्ञात शहिदहरुको स्मरण गर्दै रत्न कुमार वान्तवा र बम प्रसाद वान्तवाको समाधि स्थलमा अनेरास्ववियु म.र.ब. क्याम्पस कमिटीको आयोजनामा सरसफाइ तथा स्मरण सभा आयोजना गरिएको हो ।
स्मरण सभा क्याम्पस कमिटीका अध्यक्ष रबिन बस्नेतको अध्यक्षता ,अनेरास्ववियु जिल्ला अध्यक्ष इश्वरी तामाङ र अनेरास्ववियु जिल्ला सह–सचिव एवम म.र.ब.क्याम्पस कमिटी इञ्चार्ज मिलन खत्री लगायत विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
स्मरण सभामा बोल्दै अध्यक्ष तामाङले शहिदको योगदानको कारण नै आजको यो दिन हामीले देख्न पाएको र शहिदको सपना पुरा गर्न सम्पुर्ण विद्यार्थीको भुमिका महत्वपुर्ण रहने र हाल सरकारले अन्धधुन्ध शहिदको नाममा बृद्धि गरिनाले शहिदको अपमान भएको बताए । साथै साझँ जिल्ला कमिटीले रत्न,बमको शालिकमा दिप प्रज्वलन गरिने तामाङले बताए ।