Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

खेलाडी छनाैटकाे लागी टुर्वोग सुर्योदय नगरकप फुटबल

खेलाडी छनाैटकाे लागी टुर्वोग सुर्योदय नगरकप फुटबल

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ १६ २०७४


खेलाडी छनाैटकाे लागी टुर्वोग सुर्योदय नगरकप फुटबल

फिक्कल ।  स्थानिय स्तरमा खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ इलामको सुर्योदय नगरपालिका–१२ करफोकमा टुर्वोग सुर्योदय नगरकप फुटबल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समिती सुर्योदय , समृद्ध सुर्योदय अभियान र सुर्योदय होटल व्यवसायी संघ फिक्कलको संयुक्त आयोजनामा करफोक विद्या मन्दिरको खेलमैदान भएको प्रतियोगिताको जिल्ला फुटबल संघका उपाध्यक्ष मणिकुमार गुरुङले उद्धघाटन गरेका छन ।

आजको उद्धघाटन खेलमा एवाइसी आइतबारेले रोयल सनराइज सुर्योदय नगरपालिका–५ लाई २–१ गोल अन्तरले पराजित गरेको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको १० औ मिनेटमा आइतबारेका रवि राईले सनराइजका गोलरक्षक किशोर गौतमको हातबाट फुत्किएको बललाई जाली चुमाउदै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको आइतबारेले दोश्रो हाफको पहिलो मिनेटमा अजय राईको गोलबाट अग्रता दोव्वर बनायो ।

 

२–० ले पछाडी परेको सनराइजका लागी दोश्रो हाफको २५ औ मिनेटमा कुमार मुखियाले सान्तवाना गोल फर्काए । अहिले प्रतियोगिता अन्र्तगत क्रोकोडाइल स्लामान्डर सुर्योदय नगरपालिका–१ र नवदिशा सुर्योदय नगरपालिका–२ बिच खेल भइरहेको छ । सुर्योदय नगरपालिकाभित्रका १६ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद १ लाख सहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिमले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।

माघ २७ गतेसम्म चल्ने प्रतियोगिताबाट उत्कृष्ट १८ भित्र छनौट भएका खेलाडीहरुलाई एक महिना क्लोज क्याम्पमा राखेर नगरपालिकाको फुटबल टिम तयार गर्ने लक्ष्य राखिएको मुल आयोजक समितीको सचिव अविशेक पौडेलले बताए । बिनोद मोक्तानको अध्यक्षतामा भएको उद्धघाटन सत्रको प्रमुख अतिथी जिल्ला फुटबल संघका उपाध्यक्ष मणीकुमार गुरुङ रहेका थिए ।

प्रतियोगितालाई गोर्खा ब्रुअरीले मुख्य प्रायोजन गरेको छ । त्यसैगरी सुर्योदय नगरपालिका र अन्य सहयोगी संघ संस्था एवम व्यक्तिहरुको सहयोगमा प्रतियोगिता संचालन गरिएको पौडेलले बताए । प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपैया लाग्ने आयोजक समितीले अनुमान गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार