Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अस्वभाविक टाउकाे बढेकी पवित्रालार्इ लायन्स क्लबकाे सहयाेग

अस्वभाविक टाउकाे बढेकी पवित्रालार्इ लायन्स क्लबकाे सहयाेग

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ १५ २०७४


अस्वभाविक टाउकाे बढेकी पवित्रालार्इ लायन्स क्लबकाे सहयाेग

दमक । झापा दमक ७ की अस्वभाविक टाउको बढेकी २ बर्षिया बालिका पबित्रा चौधरी खवासको उपचारमा लायन्स क्लव अफ माउण्ट एभरेष्टको सक्रियतामा दमक नगरपालिकाले बनाएको उपचार कोषमा ६२ हजार सहयोग गरिएको छ । बालिकाको आर्थिक अभावले अहिलेसम्म उपचार हुन सकेको थिएन ।

नोवेल अस्पताल बिराटनगरमा उपचाररत रहेकी बालिकाको सहयोगार्थ लायन्सर्कीहरुले ब्याक्तिगत रुपमा सहयोग जुटाएर कोषमा यो सहयोग गरिएको क्लवका अध्यक्ष रुद्र गौतमले बताएका छन् । क्लवका तृतिय उपाध्यक्ष मनोज अग्रववाल, लायन्सकर्मी गोकुल श्रेष्ठ, बिमल खतिवडा, कृष्णभक्त सुबेदी, अशोक चौधरी, राम थपलिया, तीर्थनारायण श्रेष्ठ, केन्द्र प्रशाइ सहितले गरेर ५१ हजार रुपिया कोषमा जम्मा गरिएको गौतमले जानकारी दिए ।

तृतिय उपाध्यक्ष अग्रवालका अनुसार लायन्स क्लव मार्फत नै कल्पना सुेबदीले ५ हजार १ सय र जय श्रेष्ठ तथा शान्ति पाख्रिनले ५ हजार रुपिया उपलब्ध गराएकाले त्यो पनि कोषमा जम्मा भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी, प्रशासकिय अधिकृत युवराज दाहाल सहित नगरपालिकाले ३ दिनअघि उद्धार गरेर उपचारका लागि नोवेल अस्पताल पुर्याएको थियो ।

बालिकाको उपचारमा सहयोग गर्न इच्छुकहरुका लागि नगरपालिकाले नै प्रभु बैकमा सहयोग कोषका लागि खाता समेत खोलेको छ । दमक नगरपालिकाका अनुसार दमक नगरपालिका (राहत कोष) खाता नंं ०१४००१००९८४६१२०००००१ (प्रभु बैक) मा सहयोग गर्न सकिन्छ ।

आइतवार दमक नगरपालिकाका प्रशासकिय अधिकृत युवराज दाहाल, क्लवका अध्यक्ष रुद्र गौतम, उपाध्यक्ष मनोज अग्रवाल, सदस्य बुद्धिशेखर भट्टराइ सहितको टोली नोवेल अस्पताल पुगेर बालिकाको उपचारको बिषयमा चासो राख्दै बिशेषज्ञहरुसंग छलफल समेत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार