Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्सी चन्द्र ग्रहण, सम्भोग गर्न नहुने चेतावनी

पर्सी चन्द्र ग्रहण, सम्भोग गर्न नहुने चेतावनी

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ १५ २०७४


पर्सी चन्द्र ग्रहण, सम्भोग गर्न नहुने चेतावनी

काठमाण्डाै ।  माघ १७ अर्थात बुधबार चन्द्रग्रहण छ । साँझ ५ देखि राती ८ः४५ बजेसम्म चन्द्रग्रहण लाग्ने जनाएको छ । वैज्ञानिकहरुका अनुसार, चन्द्रमा र पृथ्वीले चक्कर लगाउदै गर्दा सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पुगेपछि पृथ्वीको छाया चन्द्रमामा पर्न जाँदा चन्द्रग्रहण लाग्छ । विज्ञानले यसलाई समान्य प्रक्रियाका रुपमा लिने गरेको छ । यसले मानव जीवनमा केही फरक पर्दैन् ।

तर, शास्त्रहरुले भने यसलाई महत्व दिएको पाइन्छ । चन्द्रग्रहणको समयमा गर्नु नहुने काम भनेर छुट्याएको पाइन्छ । शास्त्रमा उल्लेख भए अनुसारका गर्नु नहुने काम गरे अप्ठ्यारो आउन सक्नेसम्मको चेतावनी दिएको पाइन्छ ।

ज्योतिषशास्त्र अनुसार निम्न काम गर्नु हुदैन् ।

१) तेल मालिसः ग्रहण लागेको समयमा तेल मालिस गर्नु नहुने उल्लेख छ । ग्रहणको समयमा तेल वा अन्य क्रिम लगाउदा छालाको समस्या हुने जनाएको छ ।

२) सुत्न नहुनेः ग्रहण लागेको समयमा सुत्न नहुने भनाइ छ । सुत्दा स्वास्थ्य सम्बन्धी समस्या हुने शास्त्रहरुमा उल्लेख छ ।

३) शारीरिक सम्बन्धमा बन्देजः ग्रहण लागेको समयमा शारीरिक सम्बन्ध पनि राख्न नहुने जनाएको छ । यस्तो बेला शारीरिक सम्बन्ध राख्दा जन्मिने सन्तानको स्वाभाव राम्रो नहुने उल्लेख छ । पति–पत्नीको सम्बन्धमा पनि असर पर्ने शास्त्रहरुमा चेतावनी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार