Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सन्दिपले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले किन्यो

सन्दिपले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले किन्यो

  • लोकल सन्देश
  • आइतबार, माघ १४ २०७४


सन्दिपले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले किन्यो

काठमाडौं । नेपाली युवा बलर सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।

आइतबार भएको अक्सनमा दिल्लीले १७ वषर्ीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै उनलाई किनेको हो ।

दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् ।

दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ (आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।

प्रतिक्रिया
सम्बन्धित समाचार