एक हप्तादेखि माइधारकी गोमा कोमामा
सहयोगको अपिल

शिवसताक्षी । “दुखीको घरमा मात्रै तेरो बास हुनेभए हे इश्वर दया गरि अझ मलाई दुःख दे ”साहित्यकार वालकृष्ण समको यो भनाई झापा शिवसताक्षी नगरपालिका की यी ४४ वर्षिय गोमा गौतमको जीवनमा पनि लागु भएको छ ।
गोमालाई गत माघ ३ गते कनकाई माइवेनी मेलाका दिन शिवसताक्षी १० माइधार भालुखोलामा आफ्नै घरछेउमा घाँसको भारी ल्याएर आउदै गर्दा मोटरसाइकलले ठक्कर दियो । ठक्करदिने चालकको उपचारका क्रममा मृत्यु भयो ।
घटनामा गम्भिर घाइते बनेकी यी गोमाको हालसम्मपनि होस खुलेको छैन् । उनको विर्तामोडस्थित विएण्डसी हस्पिटलको सघन उपचारकक्षमा उपचार जारी छ । चिकित्सकहरुको भनाइअनुसार अझै उनलाई एक महिनासम्म सघन उपचारकक्षमै उपचार गराउनुपर्ने हुनसक्छ । कनकाई माइको वगरमा गिटी चालेर घरका अरु थप ३ सदस्यको समेत पालनपोषण गर्दै आएकी गोमाको परिवारलाई गोमा ढलेदेखिनै गाउँलेले आलोपालो गरेर घरमा खाना लगिदिएर वचाउदै आएका छन ।
गोमाकी एक २८ वर्षे छोरी समेत ३ वर्ष पहिले गम्भिर सडक दुर्घटनामा परेर घाइते बनेकी थिइन छोरीको समेत शरिरको पुरैभाग चल्दैन । छोरीको यस्तो अवस्था आएपछि ज्वाइलेसमेत पारापाचुके गरिदिए हाल छोरी र सानो एक नातीनी पाल्नुपर्ने दायित्व समेत हाल यिनै गोमाको काधमा थियो । सानी नातीनी समेत अपाङ्ग रहेकी छिन ।
वगरमा दिनभर गिटी चाल्ने र त्यसबाट ल्याएको रकमले चामल नुन तेल किनेर दुःखले ४ जनाको परिवार गोमाले पाल्दै आएकी छन । गोमाका श्रीमानको अत्तोपत्तो छैन , १२ महिना मदिरा खाएर हिड्ने गरेका छन उनी घरमा कहिलेकाहीमात्रै आउने गरेका स्थानीयवाशी धनकुमार ढकाल वताउछन । गोमा मजदुरी गरेपनि गाउँमा मेहनती तथा साहसी महिलाको रुपमा सबैले चिन्ने गरेका थिए ।
डाक्टरहरुको सल्लाहअनुसार गोमाको उपचार सम्भव छ तर उनलाई थप महिनादिन यसरीनै सघन कक्षमा उपचार गराउनुपर्दछ । स्थानीय युवा ढकाल भन्छन , उनलाई कोमाबाट झिक्ने वित्तिकै उनको निधन हुन्छ त्यसपछि वाकी परिवारको हाल के होला ? करिव १३ लाख रुपैँया भए गोमा वाच्न सक्ने डाक्टरहरुको भनाइ आएपछि हाल गाउँका अगुवा नरेश योङ्गहाङ्गको संयोजकत्वमा गोमा वचाउँ समिति गठन गरेर सहयोग संकलन थालिएको छ ।
समितिले विभिन्न दाताहरुबाट हालसम्म ५० हजार रुपैँया समेत संकलन गरिसकेको समितिका सचिव धनबहादुर ढकालले बताए। समितिमा स्थानीय रामबहादुर लावती , जीवन मिश्र , मैया ढकाल , सरिता थापा , देविका बास्कोटा , लगायात रहेका छन । समितिका संयोजक योङ्गहाङ्ग सवैको सहयोग पाए गोमालाई वचाइछाड्ने बताए । उनकाे उपचारमा सहयोग गर्न चाहनेले संयोजक योङ्गहाङ्गको सम्पर्क नम्बर ९८०८२२६५५० तथा सचिव धनकुमार ढकालको ९८४४६४१४४४ मा सम्पर्क गर्न समेत समितिले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

भारतीय अभिनेत्री आलिया भट्ट एसियाकी सबै भन्दा कामुक महिला बनेकी छन्। बेलायतको साप्ताहिक पत्रिका इस्टन...

इलाम । पर्यटन वर्ष २०२० को स्वागत गर्दै झापा र इलाम जोड्ने वैकल्पिक पदमार्ग पहिचानका...

इलाम । सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो...

इलाम । इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली...

भद्रपुर : झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब...

इलाम । २० बर्षपछि घरेलु भुमीमा भएको १३ औ सागमा इलामका खेलाडीले २ स्वर्ण १...

देउमाई : इलामको देउमाई नगरपालिकाको तपेवामा भिरबाट लडेर ५६ बर्षीय मीनाकुमारी राईको मृत्यु भएको छ...

इलाम । पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु भएको छ । रोशन राई र...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...