Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पवित्रहाङ्मा रनिङ महिला गोल्डकप आठौ संस्करण माघ २३ बाट लारूम्बामा

पवित्रहाङ्मा रनिङ महिला गोल्डकप आठौ संस्करण माघ २३ बाट लारूम्बामा

  • नमिन ढकाल
  • शुक्रबार, माघ १२ २०७४


पवित्रहाङ्मा रनिङ महिला गोल्डकप आठौ संस्करण माघ २३ बाट लारूम्बामा

माङसेवुङ । पवित्रहाङ्मा रनिङ महिला गोल्डकप आठौ संस्करण खेलकुद प्रतियोगिता माघ २३ गतेबाट सञ्चालन हुने भएको छ । किरात धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको ६२ औं जन्मोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिन लागेको हो ।

किरात साम्यो हक्चात यक्चुमको आयोजनामा माङसेवुङ गाँउपालिका– ५ लारुम्बामा हुन लागेको गोल्डकप खेलकुद प्रतियोगितामा महिला फूटबल, म्याराथुन लगायतका अन्य खेलहरु पनि हुनेछन् । फूटबलको विजेता टिमले नगद ६२ हजार १६२ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार १ सय ६२ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै गरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्ड र उत्कृष्ट गोलकिपरलाई जनही ३ हजार १६२ रुपैया प्रदान गरिनेछ । फागुन २ सम्म सञ्चालन हुने प्रतियोगितामा पुर्वाञ्चलका ८ महिला टीमको सहभागिता रहने आयोजक समितीका अध्यक्ष मनकुमार आङवुहाङले जानकारी दिए ।

फुटबल खेलमा नेपाली महिला राष्ट्रिय टिमबाट प्रतिनिधीत्व गरिसकेको खेलाडीहरु समेत सहभागी हुनेछन ।त्यस्तै अन्य खेलहरुमा म्याराथुन दौड, म्युजिकल चियर, लठ्ठा तान्ने, हाडी फोडने लगायतका खेलहरु आयोजना गरिनेछन् ।
किरात धर्मावलम्बीहरुको प्रमुख धार्मिक स्थलको रुपमा अवस्थित माङ्सेबुङमा सरकारी लगानी विनानै वर्षेनी ठूल्ठूला कार्यक्रमहरु सञ्चालन गरिदैं आएको छ ।

२०६७ मा झापाको दमकमा आयोजना गरिएको प्रतियोगिता २०६८ सालदेखि निरन्तर लारुम्वामा नै आयोजना गरिदै आएको आयोजक समितीले जानकारी दिएको छ । गोल्डकप प्रतियोगिता यसवर्ष पनि दाताहरुबाट प्राप्त सहयोग रकमबाट सञ्चालन गर्न लागिएको हो । प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपैया लाग्ने आङ्बुहाङले बताए ।

गत साल सम्पन्न सातौ संस्करणको प्रतियोगितामा न्यु स्टार मोरङलाई ट्राइवेकरमा ५–३ गोल अन्तरले हराउँदै माङसेवुङ युथ सोसाइटीले उपाधी जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार