Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जङ्गली बँदेल गाउँ पसेर खेती खाईदिएपछि माईजोगमाईबासी चिन्तित

जङ्गली बँदेल गाउँ पसेर खेती खाईदिएपछि माईजोगमाईबासी चिन्तित

  • रोशन काफ्ले
  • बुधबार, माघ १० २०७४


जङ्गली बँदेल गाउँ पसेर खेती खाईदिएपछि माईजोगमाईबासी चिन्तित

नयाँबजार ।  ईलामको माईजोगमाई गाउँपालिकामा जङ्गली बँदेल गाउँ पसेर खेती खाईदिन थालेपछी किसानहरु चिन्तित बनेका छन । बिगत ६ महिना अघि देखि माईजोगमाई गा।पा को सोयाङ,प्याङ,नयाँबजार,लप्सीबोटे,प्रेमेजुङ लगायतका गाँउमा बदेल पसेर लगाएको आलु,अलैची,ईस्कुस,मकै,जस्ता बालिहरु खाने र भएको बालि जोतेर नष्ट बनाईदिने भएकोले किसानहरु मारमा परेका छन ।

आठ नौँ ओटाको हुलमा आउने बँदेलले एक चोटी पस्दा धेरै बिगार गर्ने र मान्छेलाई नै आक्रमण गर्ने सम्भावना बढेर गएको स्थानियले बताए । बँदेलको बिगबिगी बढेपछि गाउँपालिकाका अध्यक्ष जित बहादुर राईको नेतृत्वमा सबै किसानहरुले हस्ताक्षर सङकलन गरी जिल्ला वन कार्यलय ईलाममा समेत ज्ञापन पत्र बुझाएको तर खासै वास्ता नगरेको गाउपालिका अध्यक्ष रार्इले बताए ।

बँदेलले हाल सम्ममा पचास लाख भन्दा बढिको क्षति गरिसकेको र स्थानियले बँदेल मारेमा कानुन लाग्ने र सरोकार वालाले ध्यान नदिएमा माईजोगमाईका किसानहरुको जनजिवनमा ठूलो असर पर्ने स्थानिय किसानहरुको गुनासो रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार