माइ । पछिल्लो समय मानिसहरुमा आयुर्वेद चिकित्सा प्रति आर्कषण बढदै गएको छ । आधुनिक जिवनशैली र विषादीयुक्त खानपानले मानिसहरुमा नसर्ने अवुर्द रोगले बढी सताउन थालेपछि मानिसहरुमा एलोपेथिक भन्दा आयुर्वेदिकमा सर्वसाधारणको चासो र आर्कषण बढन थालेको हो ।
आयुर्वेद विभाग मेची अञ्चलको आयोजना तथा माइ नगरपालिकाको सहयोगमा मंगलबार माइ नगरपालिका–२ सितली इलाममा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन गरिएको छ । जसमा माइ नगरका साथै झापाबाट समेत ५ सय भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन ।

इलाम क्षेत्र नं १ को ख का प्रदेशसभा सासंद काजीमान कागतेको प्रमुख आतिथ्यतामा भएको सो शिविरमा झापा तथा इलामका स्वास्थ्य चिकित्सकहरुले स्वास्थ्य जाँच गर्नुका साथै औषधी समेत निःशुल्क वितरण गरिएको थियो । आयुर्वेद विभाग मेची अञ्चलका प्रमुख खगेन्द्र पौडेलका अनुसार बर्षमा एक चोटी जिल्लामा गरिने ठुलो स्वास्थ्य शिविरको कार्यक्रम अनुसार इलाम जिल्लाको गरुवा बहुमुखी क्याम्पसमा शिविर राखिएको हो । जनताहरूलाइ अायुर्वेद अाैषधालयमा पहुँच पुर्याउनका लागि सवै क्षेत्रमा अाैषधालय खाेल्न पहल गर्ने कागतेले बताए ।
शिविरमा सवै प्रकारका चेक जाँच गरी विरामीहरुलाई आयुर्वेद पद्धती अनुसार औषधी उपचार गर्नुका साथै सचेतना समेत दिइएको बताए । स्वास्थ्य शिविरमा डा. रामकृष्ण आर्चाय, केनिन राई लगातयको आयुर्वेद चिकित्सक टोलीले स्वास्थ्य जाँच गरेको थियो ।

सो क्षेत्रमा कुनै पनि आयुर्वेद औषधालय नहुँदा सेवा लिनका लागी ३० किलोमिटर टाढा झापा जिल्लाको विर्तामोडसम्म पुगेर सेवा लिनुपर्दा सर्वसाधारण आयुर्वेदिक भन्दा पनि एलोपेथिक औषधी सेवन तथा उपचार विधी प्रयोग गर्न वाध्य हुनुपरेको माइ नगरपालिका–२ का वडाध्यक्ष खम्बसिंह लिम्बुले बताए ।