- लीलाराज झापाली
विर्तामोड , पुस २२ गते । झण्डै डेढ दशक भारतीय मुलुक हरियाणामा मौरी पालनमा मजदुरको रुपमा काम गरेर नेपाल फर्किएका झापा कनकाई नगरपालिकाका ४ का भुवन अधिकारीले अहिले स्थानीय ठाउँमानै जानेका ज्ञानशीपको सदुपयोग गर्दै आएका छन ।
उनले हाल गाउँमानै कनकाई मौरी पालक कृषक समुह गठन गरेर मौरीपालन सम्बन्धि ज्ञान गाउँमा अन्य सदस्यहरुलाई समेत दिदै आएका छन । हाल अधिकारीले आफ्ना दाजु र भाई लाई समेत यहि पेशामा लगाएका छन । अधिकारी दाजुभाईले अहिले २ सय घार मौरी पालेका छन।
पहिले पहिले गाउँमा चेतना नहुदा कृषकहरुले वालीमा विष हालिदिने मौरीले टोकेर विरुवा मर्यो भन्नेजस्ता अप्ठयाराहरुको सामना गर्नुपर्यो यी अधिकारी दाजुभाईले तर पछिल्लो समयमा मौरी र वालीविचको परागसेचनका वारेमा सवैलाई जानकारी हुनथालेपछि हाल फोन गरेरै कृषकहरु आफ्नो खेत वारीमा मौरी ल्याइदिनु भनी फोन गर्ने गरेको भुवन वताउछन ।
पहिले मौरीलाई चरणका लागि नेपालका विभिन्न जिल्लाहरुमा लैजानु परेकोमा अहिले चरणको समस्या नभएको अधिकारी वताउछन । उनले अहिले मौरीपाल्न चाहने कृषकहरुलाई यसवारेमा आवश्यक तालिम र सुलभदरमा आफैले उत्पादन गर्दै आएको मौरीको आधुनिक घारसमेत विक्रि गर्दै आएका छन। कुनैवेला परिवार पाल्न समस्या परेर भारतीय भुमिका रोजगारीका लागि जानुभएका अधिकारी अहिले घरमा १३ जनाको परिवार मात्रै पालेका छैनन् हाल खर्च कटाएर वार्षिक १२ लाख रुपैँयासम्म आम्दानी गर्दै आएका छन ।
प्रतिघार वार्षिक ३० किलोसम्म मह उत्पादन गर्दै आएका अधिकारी वार्षिक ३० क्वीटलसम्म मह उत्पादन हुने वताउछन । नेपालमा ५ वर्षदेखि नियमित मौरी पालन गर्दै आउनुभएका यी ३५ वर्षे युवा कृषक अघिल्लो वर्षमात्रै विश्व खाद्य दिवशको अवसरमा नेपाल सरकारले नेपालकै दोस्रो उत्कृष्ठ कृषकका रुपमा नगद सहित सम्मान गरेको थियो ।
सरकारले आफुहरुजस्ता शीप सिकेका युवालाई अनुदान तथा सहुलियत दरमा ऋण प्रवाह गर्ने हो भने यस ठाउँमै सयौँ युवा स्वरोजगारहुने कृषक अधिकारीको भनाई छ , हामीले अझैँपनि आर्थिक अभावमा यस पेशालाई चाहेजति विस्तार गर्न सकिरहेको छैनौँ उनले भने
अधिकारीले उत्पादन गरेको मह आफैँ प्रशोधन गरी वजारमा विक्री समेत गदैै आएका छन भने जडीवुटी कम्पनीले प्रतिकिलो ६ सयका दरले घरैबाट मह लैजानेगरेको समेत अधिकारीको भनाईँ छ बजारमा भने प्रतिकिलो ८ सयका दरले खुद्रा मुल्यमा विक्रि हुने गरेको उनले बताए ।
झापामा अधिकारी जस्ता २ सय जना कृषकहरुले सानोठुलो रुपमा मह उत्पादन गर्दै आएपनि आधादर्जन संस्था र व्याक्ति बाहेक अझैपनि मौरीपालक कृषक पुर्ण व्यावसायिक हुन नसकेको कृषकहरुको भनाई छ ।