Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलाचुली गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

चुलाचुली गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

  • सन्देश सम्बाददाता
  • आइतबार, माघ ७ २०७४


चुलाचुली गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

इलाम । दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा आइतबार ९आज० दिउँसो हात्तीले किचेर एकजनाको मृत्यु भएको छ । दिउँसो साढे तीन बजेतिर चुलाचुली वडा नम्बर ३ पेल्टीमारीका ५२ वर्षीय सोमनाथ भण्डारी गिरिलाई  बारीमा हात्तीले किचेको हो ।
सोमनाथ बारीमा पानी लगाउँदै गर्दा अचानक आएको जङ्गली हात्तीले उनलाई किचेको प्रहरीले जानकारी दिएको छ । हात्तीको किचाइपछि घाइते भएका उनलाई उपचारको लागि तत्काल झापाको दमक लाँदै गर्दा बोटोमा नै मृत्यु भएको थियो ।
बिगत एक हप्ताअघिदेखि चुलाचुलीमा जङ्गली हात्ती प्रवेश गरेर स्थानीय बासिन्दालाई दुःख दिने गरेको छ । यसअघि मानवीय क्षति नभएपनि हात्तीको आक्रमणबाट चुलाचुलीमा सातवटा घर भत्किसकेका छन् ।
हात्तीले घर भत्काइदिएपछि पीडितहरु छिमेकीका घर तथा कटेरामा आश्रय लिएर बसेका छन् । स्थानीय सामाजिक संघसंस्था र गाउँ कार्यपालिकाले राहतसमेत वितरण गर्न थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार