श्रीअन्तु । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ का बिरामीलाई लक्षीत गरि मेची अञ्चल आयुर्वेदिक कार्यालय इलामले घुम्ति शिविर शुरु गरेको छ । सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ को कार्यालय व्यवस्थापन र मेची अञ्चल आयुर्वेदिक औषधालयको प्राविधिक संयोजनमा घुम्ति शिविरको आयोजना गरेको हो ।

कात्तिक २८ बाट शुरु भएको शिविर श्रीअन्तु ४ स्थित भञ्ज्याङ्गमा १५ दिनको फरमा संचालन हुँदै आएको मेची अञ्चल आयुर्वेदिक कार्यालय इलाम आइतबारेका निमित्त प्रमुख खगेन्द्र पौडेलले बताए । शिविरमा एक सय बढी बिरामीले स्वास्थ्य जाँच गरि औषधि लिँदै आएका छन् । बिरामीलाई मेची अञ्चल आयुर्वेदिक कार्यालय इलाम आइतबारेले निःशुल्क औषधि वितरण गरिँदै आएको छ ।
गाउँमै स्वास्थ्य जाँच सहित औषधि पाएपछि स्थानीयबासी खुशि भएका छन् । औषधालयका अनुसार श्रीअन्तु क्षेत्रमा प्रेसर, सुगर, बाथ, छाला र नसा सम्बन्धि बिरामी बढी रहेका छन् ।