Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कन्याममा यसरी मनाईयो सोनाम ल्होसार

कन्याममा यसरी मनाईयो सोनाम ल्होसार

  • सन्देश सम्बाददाता
  • बिहिबार, माघ ४ २०७४


कन्याममा यसरी मनाईयो सोनाम ल्होसार

कन्याम । आदिवासी ह्याल्मो जातिले शताब्दीआंैदेखि सोनाम ल्होसारलाई आफ्नो महान चाड रूपमा मान्दै आएका छन् । प्रत्येक बर्ष माघ शुल्क प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी नयाँ पन,उल्लासका साथ एक आपसमा खुसीयाली बाँडेर सोनाम ल्होसार इलामको सूर्योदय नगरपालिका स्थित कन्याममा पनि मनाईको छ । नेपाल तामाङ्ग सास्कृतिक घेदुङ समिति सूर्योदय नगरपालिका वडा नम्बर ६ को आयोजना कन्यामको डि छयाव छेवाङ बौद्य गुम्बाको मैदानमा सास्कृतिक तथा शुभकामना आदन प्रदान गरि मनाईएको हो ।


नेपाल तामाङ्ग सास्कृतिक सघ मुल कमिटि वडा नम्बर ६ का अध्यक्ष डिक बहादूर तामाङ्गको अध्यक्षतामा भएको सोनाम ल्होसार कार्यक्रममा इलाम क्षेत्र नम्बर १ को २ का प्रदेशस सासंद काजिमान कागतेले दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो । सोनाम ल्होसारको अवसरमा आयोजित कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ संघका केन्द्रिय सदस्य छिकेन तामाङ्ग, सूर्योदय नगरपालिका अध्यक्ष देउकुमार तामाङ्ग, सचिव कर्णसिंह तामाङ्ग, सूर्योदय नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सिव बस्नेत, डि छयाव छेवाङ बौद्य गुम्बा निर्माण समितिका अध्यक्ष सुरेन्द्र मोत्तान सुभकामना मन्तव्य राख्नुभएको थियो ।
हरेक वर्ष सोनाम ल्होसार मनाउन र बौद्य धर्मको प्रवद्र्धन गर्नका लागि कन्याममा २०६८ सालबाट शुरु भएको डि छयाव छेवाङ बौद्य गुम्बा निर्माणलाई पूर्णता दिन प्रदेश सासंद काजिमान कागतेलाई स्थानीयले माग गरेका थिए । २०६८ सालमा दर्ता गरेपछि २ रोपनी क्षेत्रफलमा निर्माण शुरु भएको बौद्य गुम्बाको सहयोग र चन्दाको रकमबाट एक ताल ढलाइएको काम सकिएको छ । ५१ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको गुम्बा तीन तलाको हुने भनिएपनि खर्च अभावले पहिलो तलाको काम पनि अलपत्र अवस्थामा रहेको छ । स्थानीय कर्मासिंह लामाले जग्गा प्रदान गरि निर्माण शुरु भएको गुम्बाको निर्माण सम्पन्न गर्न प्रदेश सरकार बनेपछि आफुले सक्दो सहयोग गर्ने प्रदेश सासंद काजिमान कागतेले बताए । स्थानीय सरकारमा पनि गुम्बा निर्माणका लागि पहल भइरहेको र प्रदेश सरकार बनेपछि आफुले हरसम्भव सहयोग जुटाउने कागतेको भनाइ थियो ।
नेपालमा धेरै जातजातिको बसोबास रहेकाले अब बन्ने सरकारलाई पनि सबै धर्म,जातजातिको संस्कृति संरक्षणका लागि आफुले झकझक्याउने प्रदेश सासंद कागतेको भनाइ थियो । सरकारले सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिएर सबै धर्म र जातजातिलाई समान व्यवहार गरेकाले अगामि दिनमा सरकारी लगानी संस्कृति तथा धर्म संरक्षणमा ध्यान दिनुपर्ने कागतेको भनाइ थियो । ह्याल्मो जातिले शताब्दिअदेखि यो पर्व मनाउँदै आएको बहु सांस्कृतिक जनजातिे समुदायको सबै भन्दा ठूलो पर्व सोनाम ल्होसार भएकाले सरकारले यो पर्व मनाउने जातजातिको संस्कृति संरक्षणमा ध्यान दिन अब बन्ने प्रदेश सरकारलाई सुझाव दिने उनले बताए ।


यसैगरि इलाम लगायत यस बर्ष पनि संसारभर छरिएर रहेका सोनाम ल्होसार समुदायले धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्यताका साथ सोनाम ल्होसार मनाएका छन् । सोनाम ल्होसारको आगमनसँगै विभिन्न मुलुकमा पनि रहेका ह्याल्मोहरूले विगतझै यस पटक पनि भव्यताका साथ मनाएका हुन् ।

एक बर्षमा एक बर्ष अन्तगत बाँदर, चरा, मुसा, बाघ, विरालो, घोडा, सुङ्गुर, गोरू, भेडा, सर्प ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई तमाङ समुदायले विभाजन गरेका छन् । धातुहरूमा माटो —स , आगो—मे, काठ—सिङ, फलाम—च्या र पानी—छयु हुन् भने २ लिङ्गहरू पुरूष—फो र स्त्री—मो हुन् । १२ जनावरको नाम, ५ धातु र २ लिङ्को सहायताले १२० बर्षसम्मको गणना गर्ने गरिएको छ ।


धर्मगुरू र गुम्वाहरूको दर्शन, मान्यजनबाट आर्शिवाद ग्रहण, र नातागोतामा शुभकामना आदानप्रदान नयाँ लुगा लागाउने र मिठो मिठो परिकारहरू खाने गर्ने गरिन्छ । केहीदिन अगाडीबाट नै सोनाम ल्होसारको पूर्व तयारीका कामहरू घरहरूमा रङ्ग लगाउने , ल्होसारमा आवश्यक पर्ने लुगाहरू सिलाउने र आवश्यक किनमेल गर्ने गर्दछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार