पुर्वी नेपालका १६ जिल्ला भरीका जिल्ला हुलाक कार्यलयमा कार्यरत कर्मचारीहरुका लागी आईटी प्रबिधि मार्फत कार्यलयका कार्य सम्पादन गर्न सक्ने र दक्ष प्रशिक्षक बनाउने उद्देश्यले गोश्बारा हुलाक कार्यलय काठमाडौले एक दिने ‘प्रशिक्षक प्रशिक्षण तालिम’ सम्पन्न गरेको छ । तालिममा पुर्वका १६ जिल्ला अन्र्तगतको सुनसरी, मोरङ, झापा, भोजपुर, उदयपुर, ईलाम, ताप्लेजुङ, धनकुटा, सोलुखम्बु,खोटाङलगायतका गरी करिब ३० जनाको सहभागी थिए ।
उक्त तालिममा प्रमुख अतिथि तथा गोश्बारा हुलाक कार्यलयका प्रमुख बेद प्रसाद भण्डारीले हुलाकको पछयौटे पनका कारण हुलाको गरिमा घटेकोमा चिन्त ब्यक्त गर्नुभएको छ ।
उहाले हुलाकलाई सेवाग्राहीले हेर्नै दृष्ट्रीकोणका पनि पहिला पहिला नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको हुलाक हाल आएर सरकारी कार्यलयहरुको तुलनामा तल्लो स्तरको कार्यलयको रुपमा समेत हेर्ने गरेको बताए ।
भण्डारीले एक अर्काै प्रसंगमा राष्ट्र रुपान्तरणका लागी अहिलेको समयमा टेक्नोलोजीको रुपमा हुलाकलाई पनि बिकास गर्नै योजना रहेकाले हुलाक सेवालाई पनि आईका माध्ययमबाट रुपानन्तरण गर्न जरुरी रहेको बताए । उनले भने हुलाक सेवामा परिबर्तनको खाचो छ जसलाई टेक्नोजीले नै परिपुर्ति गर्दछ त्यसैले नया प्रबिधि मार्फत हुलाकलाई नया दिसा दिनु आबश्यक छ ।
भण्डारीले हुलाकमा अति आबश्यक तीन तत्व कलेक्सन,टा«न्सपोटेसन, र बितरणलाई सहि रुपमा लान पनि आफना मातहतका कर्मचारीलाई निर्दैशन दिएका थिए ।
साथै सोही कार्यक्रमा प्रशिक्षक तथा आई टी ईन्जीनियर रमेश ज्ञवालीले प्रबिधिको प्रयोगबाट बेवसाईड मार्फत चिठी दर्ता कसरी गर्नै,डाक फाटमा कसरी चिठी आदान प्रदान तथा आफना मातहतका कर्मचारीलाई चिठि सहि तरीकाले सेवागा्रही समक्ष कसरी पु¥याउने, रोजनामा आयात निर्यात गर्ने तरिका, बिलिङ गर्ने तरिका लगायतका प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै अर्काे ईन्जीनियर प्रबिन दुलालले प्रबिधि संगै अतिरिक्त समा्रगीहरुको प्रयोगको बारेमा जानकारी गराउनुभएको थियो ।
प्रशिक्षकद्धय ज्ञवाली तथा दुलाल र कार्यक्रमका सभापति समेत रहनुभएका सुनसरी जिल्ला हुलाक कार्यलय धरानका नायब सुब्बा रमेश घिमिरेद्धारा संंयुक्त रुपभा उद्धघाटित भएको कार्यक्रममा बेवसाईडमार्र्फत आईटीको आधारभुत शिक्षा र नैतिक आचरण तरिकाका बारेमा प्रशिक्षण दिएका थिए भने सबै प्रशिक्षार्थीहरुले शिक्षण अभ्यास पनि गरेका थिए ।
साथै तालीमको समापन समारोहकै क्रममा गोश्वारा हुलाक कार्यलयका प्रमुख भण्डारीले सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।