फिक्कल । कृषि विकास मन्त्रालयले हिमालय टी प्रोड्युसर्स एशोसिएसन (होड्पा) र चिया तथा कफी विकास बोर्डको सहयोगमा लोगो र लोगो कार्यान्वयन निर्देशिकाको बिषयमा सुर्योदय नगरपालिका जनप्रतिनिधीहरुले आपत्ती प्रकट गरेका छन ।
आइतबार नगरपालिकाको अगुवाइमा भेला भएका किसान, चिया सहकारीका प्रतिनिधी एवम चिया विज्ञहरुले होडपाले सिफारिस गरेको लोगो अगाडी नै बजारमा पुगिसकेको तथा चियाको पकेट क्षेत्र सुर्योदय नगरपालिकाको किसान एवम उद्यमीसंग छलफल नगरी निर्देशिका बनाइएको निष्र्कष निकालेको वडा नं ९ का वडाध्यक्ष देवेन्द्र शर्माले जानकारी दिए ।
उनले कृषि मन्त्रालयले उन्नती परियोजना र होडपासंग सहकार्यमा लागु गरेको लोगोले राष्ट्रिय चिया निती २०५७ ले निर्देशित गरेको राष्ट्रिय प्रतिक चिन्ह नेपाल टि लाई अबमुल्य गरेकाले लोगो कार्यान्वयन निर्देशिका २०७४ को भ्रम चिर्न समिक्षा छलफल आयोजना गरिएको शर्माले बताए । नगरप्रमुख रणबहादुर राईको अध्यक्षतामा समिक्षा छलफल आयोजना गरिएको थियो ।