Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जन्म र मृत्यु हुँदा नगद दिने नगरपालिकाको निर्णयले देउमाईवासी हर्षित

जन्म र मृत्यु हुँदा नगद दिने नगरपालिकाको निर्णयले देउमाईवासी हर्षित

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ १ २०७४


जन्म र मृत्यु हुँदा नगद दिने नगरपालिकाको निर्णयले देउमाईवासी हर्षित

देउमाइ ।  जन्मिँदा र मृत्यु हुँदा पाँच हजार रुपैयाँ दिने स्थानीय तहको निर्णयले इलाम देउमाईवासीमा खुसीयाली छाएको छ। देउमाईको पहिलो नगरसभाले शिशु जन्मिँदा लालनपालनमा र मृत्यु हुँदा अन्त्येष्टिमा सहयोग पुर्‍याउने उद्देश्यले नगद उपलब्ध गराउने निर्णय गरेको हो।

जन्म र मृत्युमा सहयोगस्वरुप नगद दिने देउमाई नगरपालिका प्रदेश १ मै पहिलो हो। सुरक्षित मातृत्व र आमाबच्चा सुरक्षित कार्यक्रमअन्तर्गत जन्म र मृत्युमा नगद उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले बताए। त्यस्तै वृद्धवृद्धालाई राज्यले दिने पोशाक भत्तामा समेत देउमाइ नगरपालिकाले थपेर वितरण गर्ने निर्णय गरेको छ।

७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई वृद्धभत्तामा सहयोग र दीर्घरोगीलाई अस्पतालको पहुँचसम्म पुर्‍याउन पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ। नगरपालिकाले हालसम्ममा ५२ जना महिलालाई पोषण खर्च र ४२ जनालाई किरिया खर्च वितरण गरिसकेको जनाएको छ। यो आर्थिक वर्षमा नगरपालिकाले तीन सय महिलालाई पोषण खर्च उपलब्ध गराउने लक्ष्य राखेको छ। विसं २०७१ मा नगरपालिका घोषणा भएको यस नगरमा ३२ हजार ३६६ जनसंख्या छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार