देउमाई (जितपुर) । इलामको देउमाई नगरपालिका ९ जितपुरलाइ आइतबार पूर्ण सरसफाई वडा घोषणा गरिएको छ । २०६९ सालदेखि सुरु भएको खुला दिसामुक्त अभियानले जिल्लाको सम्पूर्ण घरमा शौचालय निर्माण भएसँगै यसको प्रयोगमा पूर्णता पाएर पूर्ण सरसफाई वडा घोषणा भएको हो । वडाका चौध सय ३० घरधुरीमा पाँच प्लस एक सुचकहरु पूरा भइसकेका वडा सचिव युवराज घोर्साईले जानकारी दिए ।
उनका अनुसार पाँच प्लस एक सुचकमा व्यक्तिगत सरसफाई, वातावरणीय सरसफाई, साबुन पानीले हातधुने वानी, व्यवस्थित मचान, करेसाबारी व्यवस्थापन, सफा चर्पी र स्वच्छ खानेपानीको प्रयोग आदि पर्दछन् । यस्तै अन्य सुचकमा गाईगोठ सफा सुग्घर राख्ने, गहुँत संकलन गरी अग्र्यानिक खेतीतर्फ उन्मुख हुनु लगायतका सुचकहरु रहेको सुनगाभा विकास संस्थाका मधुसुधन श्रेष्ठले जानकारी दिए ।
यस्तै अन्य सुचकमा गाईगोठ सफा सुग्घर राख्ने, गहुँत संकलन गरी अग्र्यानिक खेतीतर्फ उन्मुख हुनु लगायतका सुचकहरु रहेको सुनगाभा विकास संस्थाका मधुसुधन श्रेष्ठले जानकारी दिए । साविकका आठ वटा गाविसालाई पुर्ण सरसफाई क्षेत्र घोषणा गरिने बताइएको छ । जितपुर अघि साकफारा, फाकफोक, प्याङ, नयाँबजार लगायत पूर्ण सरसरफाई उन्मुख क्षेत्र घोषणा भइसकेको सुनगाभा विकास संस्थाका सरसफाई अधिकृत सरोज फागोले जानकारी दिए । उनका अनुसार अब इभाङ, चमैता र इरौटारलाई पुर्ण सरसफाई उन्मुख घोषणा गर्न लागिएको हो ।
आईतबार जितपुरमा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यता तथा जिल्ला विकास समिति इलामका तत्कालिन सभापति हरीप्रसाद खनाल, सुनगाभा विकास संस्थाका सल्लाहकार कृष्णप्रसाद श्रेष्ठ, देउमाई नगरपालिका वडा नं. ४, ७, ८ का वडा अध्यक्ष क्रमशः राजेन्द्र बास्तोला, भक्तबहादुर लिम्बु चन्द्र मगर, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति गोविन्द गिरी, जितपुर नमुना माध्यमिक विद्यालयका प्र.अ खडानन्द अधिकारी, सुनभागा विकास संस्थाकी उपाध्यक्ष यशोदा देवान, खानेवानी तथा सरसफाई उपभोक्ता महासंघ इलामका सचिव दिपेन्द्र खनाल, नेपाल टेलिभिजनका इलाम प्रतिनिधि विजयशेखर भट्टराई, नेपाल पत्रकार महासंघका सहसचिव राजेश पराजुली लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम वडा नं. ९ का वडा अध्यक्ष प्रेमसागर बारलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्थानीय जनजातिहरुको विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत प्रर्दशन गरिएको थियो ।
यसैबिच शनिबार इलामकै फाकफोकथुम गाउँपालिका वडा नं. १ र २ लाईपनि पुर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको छ । वडा नं. १ का वडा अध्यक्ष यामबहादुर पौड्ेलको अध्यक्षतामा तथा वडा नं. २ का वडा अधयक्ष टेकबहादुर नेम्बाङो सहअध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । फन्डबोर्डको आर्थिक सहयोग, सम्बन्धित गाविसको आयोजना तथा सुनगाभा विकास संस्थाको सहजीकरणमा आठ गाविसमा यो कार्यक्रम सञ्चालन भइरहेको छ ।