Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दुग्ध उद्यममा अब्बल इलामकी टिकामाया

दुग्ध उद्यममा अब्बल इलामकी टिकामाया

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस २८ २०७४


दुग्ध उद्यममा अब्बल इलामकी टिकामाया

इलाम । पुषको ठिही । विहान चार बजेनै उनको दैनिकी शुरु हुँदो रहेछ । आगोबाल्ने , दुधका भाडा तयार गर्ने देखि अघिल्लो दिनको कुराउनी (खुवा) विक्रीको प्रवन्ध गर्ने सम्म । साझ झमक्कै परुञ्जेल उनको काम जारी ।

इलाम नगरपालिका ४ मलातेकी टिकामाया दुलाल (सञ्जेल)को दैनिकी हो यो । दुई बर्ष अघि शुरु गरेको डेरी उद्योगमा अहिले गाउँ भरीको किसानले दुग्ध संकलन गर्ने गरेका छन् । उनी त्यहि दुग्ध प्रशोधन गरेर किसानलाई पनि अरुभन्दा बढि मुल्य दिईरहेकी छन् । दुलाल आफुपनि रहरलाग्दो आय गरिरहेकी छन् ।

दुलाल डेरी उद्योगकी सञ्चालक दुलालले दुई बर्ष अघि डेढसय लिटर दुधबाट दुग्ध प्रशोधन शुरु गरेकी थिइन् । अहिले पाँच बटा घोडाले विहानै दुग्ध संकलन गर्ने गरेका छन् भने नजिकका किसानले आफै दुग्ध ल्याउने गरेको उनले सुनाईन् । “घरकै काम हो काम त विहानै देखि शुरु हुन्छ ।” दुलालले भनिन् ।

शुरुमा कुराउनी बनाउन थालेकी उनले अहिले अमेरीका लैजाने छुर्पी पनि बनाउने गरेकी छन् । “आधाको कुराउनी बनाउने गरेका छौ आधा दुधको छुर्पी बनाएर अमेरीका पठाउने गरेका छौ ।”

अमेरीकामा कुकुरको आहाराका लागि बनाइने चिल्लोपना नभएको छुर्पी बनाएर उनले प्रति किलो आठ सयमा विक्री गर्ने गरेकी छन् । खुवा चाहि इलामका ललीपप र बम्बैसन बनाउने उद्योगले प्रतिकिलो ३५० का दरले खरिद गर्ने गरेका छन् । घिउपनि स्थानीय व्यपारी मार्फत विक्री गर्ने गरेकी छन् ।

दुलालले राम्रो दुग्धको मुल्य गुणस्तरको आधारमा प्रति लिटर ६० रुपयाँ सम्म भुक्तानी गर्ने गरेकी छन् । उनले मासिक ६ लाखको दुग्ध खरिद गर्ने गरेको बताइन् । उनलाई पति विष्णु दुलालले व्यवसायमा सहयोग गर्ने गरेका छन् । एक जना कर्मचारी सहित परिवारका सबै सदस्यको मेहनत कटाएर पनि मासिक एक लाखको हाराहारीमा आम्दानी हुने गरेको विष्णु दुलालले जानकारी दिए । उनले भने “किसान सन्तुष्ट छन्, हाम्रो पनि जीवन चलेको छ ।

व्यवसायकै जोडमा उनले छोरा विकासलाई भारतको वेङ्लोरबाट कम्प्युटर साईनसमा ओबरसियर सम्मको अध्यान पुरा गराएका छन् । उनले भने “अब केहि महिनामै इञ्जीनियरीङ अध्यानका लागि अस्ट्रेलीया पठाउने तयारी गरेका छौ ।” समय पाउनासाथ विकास पनि बाबु आमाको पेशासामा सहयोग गर्ने गरेका छन् ।

दिउसो टिकामाया आफै दुग्ध पकाउने चुल्होमा दुग्ध घोट्न व्यस्त हुने गरेकी छन् । उनले आफ्नै काम भएकाले परिवारलाई समेत रोजगार मिलेको बताइन् । दुलालले स्थानीय उज्यालो कृषि सहकारीको दुग्ध समेत खरिद गरेर प्रशोधन गर्ने गरेको बताइन् ।

एकलाखको पुँजीबाट शुरु गरेको व्यवसाय अहिले बढ्दो अवस्थामा रहेपनि सरकारी र गैरसरकारी स्तरबाट उनले कुनै सहयोग पाएकी छैनन् । सानो सहयोग पाएमा किसानलाई अझैबढि मुल्य र थपलाई रोजगारी दिलाउने लक्ष रहेको उनले बताइन् ।

उनको डेरीमा विहानै देखि दुग्ध किसानहरु दुग्ध लिएर आउँछन् र प्रत्येक पन्द्र दिनमा दुग्धको एकमुष्ठ रकम थाप्ने गरेका छन् । उनले स्थनीय उज्यालो सहकारीलाई प्रतिलिटर सस्था सञ्चालन बापतको कमिसन समेत उपलव्ध गराउने गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार