चुलाचुली । इलामको चुलाचुली गाँउपालिकामा १० दिने उद्यमशिलता तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिती इलामको आयोजनामा भएको तालिममा चुलाचुली क्षेत्रका २० जना उद्यम गर्न चाहने महिलाहरुको सहभागिता रहेको थियो ।
घरेलु तथा साना उद्योग विकास समितीका प्रमुख नविन पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथी गाँउपालिका अध्यक्ष प्रदिपचन्द्र राई र विशेष अतिथी गाँउपालिका उपाध्यक्ष निर्मला दाहाल रहेकी थिइन ।
महिलाहरुलाई व्यवसाय सम्बन्धी उत्प्रेरणा जगाउन, उद्योग स्थापनाको लागी सहयोग गर्न र उपयुक्त व्यसाय छनौट गर्नका लागी तालिम आयोजना गरिएको पौडेलले बताए । कार्यक्रममा सहभागीहरुको तर्फबाट बविता राई र कमला पोखरेलले आफनो भनाइ राखेका थिए ।
सहभागीहरुले दालमोठ उद्योग, आलुचिप्स उद्योग, व्युटिपालर, सिलाइकटाइ र कृषि फार्म व्यसाय गर्ने इच्छा देखाएको पौडेलले बताए । घरेलु तथा साना उद्योग विकास समितीले जिल्लाका सवै स्थानिय तहमा सानो लगानीमा व्यवसायीक बन्न चाहने उद्यमीहरुलाई तालिम र उपयुक्त प्रविधि अन्र्तगत मेसिन औजार र अनुदान रकम प्रदान गर्दै आएको छ ।