इलाम । इलामको सबैभन्दा ठुलो स्थानीय तह सूर्योदय नगरपालिका क्षेत्रमा रहेका उद्योगी र व्यपारी संलग्न एकिकृत उद्योग बाणिज्य संघको अधिबेशन आगामि चैत्र १६ गते हुने भएको छ । सनिबार सम्पन्न सूर्योदय नगर उद्योग बाणिज्य संघको बैठकले उक्त निर्णय गरेको हो । बाणिज्य संघ तदर्थ समितिका अध्यक्ष प्रमोद राईको अध्यक्षतामा भएको बैठकले एकिकृत बाणिज्य संघको विधान निर्माणका लागि सचिव दामोदर चापागाईको संयोजकत्वमा तीन सदस्य मस्यौदा समिति गठन गरेको छ । समितिको सदस्यमा संघका अर्का सचिव लक्ष्मी प्रसाई र एक कानुन व्यवसायी नियुक्ति गरि काम शुरु गर्ने बताइएको छ ।
अधिबेशनका लागि संघको बैठकले सूर्योदय नगर क्षेत्रका सम्पूर्ण उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय दर्ताका लागि आवाहन समेत गरेको छ । संघको सदस्यता वितरण सूर्योदय नगरपालिकाको फिक्कल र पशुपतिनगरबाट काम गरिने सचिव दामोदर चापागाईले बताए । एकसाता अघि फिक्कल उद्योग बाणिज्य संघ र पशुपतिनगर उद्योग बाणिज्य संघबिच छलफल भइ एकिकृत उद्योग बाणिज्य संघको गठन भएको थियो ।
एकिकृत उद्योग बाणिज्य संघको अध्यक्षमा पशुपतिनगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईको संयोजकत्वमा १५ सदस्य तदर्थ समिति गठन भएको थियो । समितिको उपाध्यक्षमा गौतम प्रधान, द्धितिय उपाध्यक्ष खड्ग बहादूर खड्का, सचिवमा दामोदर चापागाई, लक्ष्मीप्रसाद प्रसाई, सह सचिव डम्बर प्रधान कोषाध्यक्षमा लोक बहादूर प्रधान र उप कोषाध्यक्ष युवराज ढुङ्गाना रहेका छन् ।
यसैगरि सदस्यमा सुजता प्रधान, सावित्रा मोक्तान, पुजन श्रेष्ठ, विमल कार्की, रेहका छन् । यस्तै चन्दन मोहन अग्रवाल, कृष्णकुमारी खड्का, माईमति राई रहेका छन् । पशुपतिनगर उद्योग बाणिज्य संघ र फिक्कल उद्योग बाणिज्य संघका पदाधिकारीहरुबिच सनिबार बसेको संयुक्त बैठकले ुएकिकृत उद्योग बाणिज्य संघ गठन गरेको थियो । सूर्योदय नगरपालिका क्षेत्रमा चिया, दूध, कृषिजन्य, पर्यटक, चीज, दैनिक उपभोग्य लगायतका दूई हजार बढी उद्योग रहेको अनुमान गरिएको छ ।
संस्थागत रुपमा सक्रिय रहेको पशुपतिनगर उद्योग बाणिज्य संघमा तीन सय ५० जना उद्योगीहरु संलग्न रहेका थिए । कृषिजन्य सामग्री उत्पादन राम्रो हुने इलामको सूर्योदय नगरपालिका क्षेत्रमा धेरैजसो चिया, दूध, अदुवा, अम्रसो संकलन तथा प्रशोधनका उद्योगहरु संचालन मा रहेका छन् । भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका क्षेत्रमा किसानले आफै पनि चिया उद्योग खोलीकाएकाले पछिल्लो सयमा उद्योगको संख्या बढ्दै गएको छ ।
उद्योगीहरुको संख्या बढेपछि नगरपालिका भरीको उद्योग बाणिज्य संघ नबनेकाले त्यसका लागि तयारी सुरु गरिएको उद्योग बाणिज्य संघ पशुपतिनगरका अध्यक्ष प्रमोद राईको भनाइ रहेको छ । नगरपालिकाको फिक्कल, गोर्खे, पशुपतिनगर, आइतबारे, तीनघरे,हर्कटे, कन्याम लगायतका क्षेत्रमा उद्योग खुुल्ने क्रम बढृको छ ।