इलाम । दक्षिण कोरियामा काम गर्दागर्दै भाइते भएकी इलाम नगरपालिका ५ की विमला विकलाई इलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाले ९ लाख ३० हजार कोरियन वन सहयोग प्रदान गरेको छ ।
दुई वर्षअघि वैदेशिक रोजगारीको शिलशिलामा कोरिया पुगेकी विकलाई काम गर्दा गर्दै दुर्घटनामा परी हातमा गम्भीर चोट लागेको थियो । उपचारमा समेत कम्पनीले वेवास्ता गरेपछि समाजले कोरियामा रहेका नेपाली कामदारहरुबाट सहयोग संकलन गरेको समाजका महासचिव शंकर विश्वासीले बताए ।
समाजले कोरियामा रहेका कामदारहरुलाई समस्या पर्दा सहयोग गर्दै आएको छ । यसरी नै इलाममा सञ्चालनमा रहेको वृद्धाश्रम, अनाथालयहरुलाई पनि सहयोग गर्दै आएको छ ।