Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा पनि जलाए प्रधानमन्त्री देउवाको पुत्ला

इलाममा पनि जलाए प्रधानमन्त्री देउवाको पुत्ला

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस २० २०७४


इलाममा पनि जलाए प्रधानमन्त्री देउवाको पुत्ला

 

इलाम । पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरुद्धमा विद्यार्थी संगठनले इलाममा समेत प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । बाम गठबन्धन निकट अनेरास्ववियु र अखिल क्रान्तिकारीले देउवा सरकारलाई पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गर्दै इलाम चोक बजारमा पुत्ला दहन गरे ।

ठूलो टुँडिखेलदेखि पुत्ला बोकेर शंख फूक्दै चोक बजार पुगेको विद्यार्थी संगठनले प्रधानमन्त्री देउबाको पुत्लालाई काम चलाउँ सरकारको अन्त्य भएको भन्दै चोकबजारमा दहन गरे ।

¥यालीलाई सम्वोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सदस्य रविन्द्र सुवेदीले काम चलाउँ सरकारले राजीनामा दिएर मुलूकलाई निकास दिन माग समेत गरे । उनले निर्वाचनको समानुपतिक मतपरिणाम निर्वाचन आयोगलाई घोषणा गर्न रोक लगाएर देउवा सरकारले जनमतको विरुद्धमा काम गरेको बताउँदै मुलूकलाई राजनीतिक निकास दिन राजीनामा दिनुपर्ने बताए ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले सर्वसाधारण नागरिकको विरुद्धमा कदम चलाएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सन्धीभक्त शंकरले बताए ।

उनले सरकारले मुलूकलाई निकास दिनुको सट्टा अन्योलता बढाएकोले मुलूकलाई निकास दिन राजीनामा दिनुपर्नेमा जोड दिए । पुत्ला दहन गर्न चोक बजार जाँदै गरेको ¥यालीलाई बाटैमा प्रहरीले पुत्ला खोसे पनि विद्यार्थीले अर्को पुत्ला चोक बजारमा ल्याएर दहन गरेका थिए ।

देउबा सरकार राजीनामा दे, समानुपातिक मत परिणाम घोषणा गर, पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर लेखिएका प्ले कार्ड बोकेर हिजो पनि मूल्य बृद्धिको विरोधमा सिटी जुलूस निकालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार