इलाम । जिल्ला युवा समितिको कार्यालय इलामले व्यवसाय प्रवद्र्धनका लागि ४ वटा समूहलाई सहुिलयत ऋण रकम हस्तान्तरण गरेको छ । आर्थिक बर्ष २०७३÷०७४ को युवा उद्यम कार्यक्रम अन्तर्गत जिल्ला युवा समितिको कार्यालय इलामले व्यवसाय प्रवद्र्धन गर्न सो रकम हस्तान्तरण गरेको हो ।
जिल्ला युवा समितिका कार्यालयले जनज्योति कृषि तथा पशुपालन समूह, सूर्योदय नगरपालिका ११, सुनौलो बिहानी पशुपालन युवा समूह, देउमाई नगरपालिका ६, चम्जङ्लुङ्ग उद्यमी युवा समूह, एकतप्पा र धजेगुफा पशुपालन समूह, जोगमाईलाई सहुिलयत ऋण रकम हस्तान्तरण गरेको हो ।
यसैगरि कार्यालयले आर्थिक बर्ष २०७४÷०७५ को युवा उद्यम कार्यक्रमको लागि प्रस्ताव आह्वान गरिएको छ । माघ १ गतेसम्म प्रस्ताव पेश गर्ने समय सीमा रहेको जिल्ला युवा समितिको कार्यालय, इलामका अध्यक्ष नवराज शंकरले बताए ।