Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नामसालिङ्गलाई कफि पकेट क्षेत्र बनाइने

नामसालिङ्गलाई कफि पकेट क्षेत्र बनाइने

  • सुजन तिमल्सिना
  • मंगलबार, पौस १८ २०७४


नामसालिङ्गलाई कफि पकेट क्षेत्र बनाइने

इलाम । इलामको माईजोगमाई गाउँपालिका ४ स्थित नामसालिङ्गमा दूई दिने अगुवा कफि कृषक तालिम सम्पन्न भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्ड चिया बिस्तार आयोजना फिक्कलको प्राविधिक तथा आर्थिक सहयोगमा दूई दिने अगुवा कफि कृषकलाई व्यवसायीक खेती बारे तालिम प्रदान गरिएको हो ।
घात्तिटार प्राङ्गारिक कफि उत्पादन तथा प्रशोधन केन्द्र नामसालिङ्गको संयोजनमा आयोजना भएको तालिममा २५ जना अगुवा कृषकको सहभागिता रहेको थियो । चिया विस्तार आयोजना फिक्कलका कृषि प्राविधिक विवेक भण्डारीले सहजीकरण गरेको तालिमको समापन कार्यक्रममा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेशकुमार राईले आफ्नो वडालाई कफि पकेट क्षेत्र बनाउन आगामि दिनमा बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा चिया तथा कफि विकास बोर्डका केन्दिय सदस्य भोजराज श्रेष्ठले पूर्वी नेपालमा पनि कफि खेतीको प्रचुर संम्भावना भइकाले त्यस क्षेत्रमा स्थानीय, प्रदेश र केन्द्र सरकारले बजेटको व्यवस्था गर्नुपर्ने बताए ।

पूर्वी नेपालमा चिया र पश्चिममा कफि खेतीको विस्तार भएपनि चिया खेती नभएका आठ सय देखि १६ सय मिटर क्षेत्रफलसम्मको जमिनलाई कफि खेतीको संभावना भएकाले त्यही अनुरुप बजेटको व्यवस्थाका लागि आफु पहल गरिरहेको उनले बताए ।
तालिमको समापनमा बोल्दै चिया तथा कफि विकास बोर्ड चिया विस्तार आयोजना फिक्कलका प्रमुख समुन त्रिखत्रिले चिया खेती नहुने क्षेत्रहरुमा कफि खेतीको संम्भावना भएकाले आफुहरुले किसानलाई व्यवसायीक तालिम दिन शुरु गरेको बताए । सरकारका तर्फबाट आफुहरुले इलाममा पनि कफि खेतीको विस्तार र पटके क्षेत्रको विकासका लागि लागि अध्ययन तथा अनुसंन्धान गरिरहेको उनले बताए ।
माइजोगमाई गाउँपालिका क्षेत्रको नामसालिङ्गमा २ हजार कफिका बिरुवा रोपण गरि उत्पादन समेत गरिरहेकाले चिया तथा कफि विकास बोर्डले पकेट क्षेत्र बनाउन लगानी र अध्ययन गर्नुपर्ने अगुवा कफि कृषक गञ्जु प्रधानले बताए । नामसालिङ्ग क्षेत्रको ८ सय देखि १६ सय मिटर उचाईको क्षेत्रफलमा कफि खेती भइरकाले त्यसको व्यवसायीकताका लागि आगामि दिनमा तालिम र प्रशोधनका लागि प्राविधिक सहयोग गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार