Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

इलामको सूर्योदय नगरपालिकामा एकिकृत उद्योग बाणिज्य संघ बन्यो

इलामको सूर्योदय नगरपालिकामा एकिकृत उद्योग बाणिज्य संघ बन्यो

  • सुजन तिमल्सिना
  • सोमबार, पौस १७ २०७४


इलामको सूर्योदय नगरपालिकामा एकिकृत उद्योग बाणिज्य संघ बन्यो

इलाम । इलामको सबैभन्दा ठुलो स्थानीय तह सूर्योदय नगरपालिका क्षेत्रमा रहेका उद्योगी र व्यपारी संलग्न एकिकृत उद्योग बाणिज्य संघ गठन भएको छ ।
सूर्योदय नगरपालिका वडा नम्बर २ मा संस्थागत रुपमा संक्रिय रहेको पशुपतिनगर उद्योग बाणिज्य संघको पहलमा नगरस्तरीय उद्योग बाणिज्य संघ गठन भएको हो । २०५६ सालमा स्थापना रहेको पशुपनिगर उद्योग बाणिज्य संघ संस्थागत रुपमा संचालन भएकाले सूर्योदय नगरपालिकाले बाणिज्य संघको प्रतिनिधि आर्थिक परामर्स समितिमा सदस्य रहेको थियो । फिक्कल र पशुपतिनगर उद्योग बाणिज्य संघको संयुक्त पहलमा नगर स्तरीय एकिकृत उद्योग बाणिज्य संघ गठन भएको एकिकृत उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राइले बताउनुभयो ।
सूर्योदय नगर क्षेत्रका उद्योगी, व्यवसायी र सरोकारवालाहरुसँग छलफल गरि एकिकृत उद्योग बाणिज्य संघ गठन गरिएको एकिकृत उद्योग बाणिज्य संघका सचिव दामोदर चापागाईले बताउनुभयो । फिक्कल उद्योग बाणिज्य संघसँग सहकार्य गरि पशुपतिगर उद्योग बाणिज्य संघको पहलमा नगर क्षेत्रका सबै व्यवसायी, उद्योगीसँगै अनौपचारीक रुपमा दुई साता अघि छलफल शुरु भएको थियो । एकिकृत उद्योग बाणिज्य संघको अध्यक्षमा पशुपतिनगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईको संयोजकत्वमा १५ सदस्य तदर्थ समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा गौतम प्रधान, खड्ग बहादूर खड्का, सचिवमा दामोदर चापागाई, सह–सचिवमा लक्ष्मी प्रसाई र कोषाध्यक्षमा लोक बहादूर प्रधान तथा युवराज ढुङ्गाना रहेका छन् । यसैगरि सदस्यमा सजता प्रधान, सावित्रा मोक्तान, पुजन श्रेष्ठ, विमल कार्की, डम्बर प्रधान रेहका छन् । यस्तै चन्दन मोहन अग्रवाल, कृष्णकुमारी खड्का, माईमति राई रहेका छन् । पशुपतिनगर उद्योग बाणिज्य संघ र फिक्कल उद्योग बाणिज्य संघका पदाधिकारीहरुबिच सनिबार बसेको संयुक्त बैठकले ुएकिकृत उद्योग बाणिज्य संघ गठन गरेको हो ।
सूर्योदय नगरपालिका क्षेत्रमा चिया, दूध, कृषिजन्य, पर्यटक, चीज, दैनिक उपभोग्य लगायतका दूई हजार बढी उद्योग रहेको अनुमान गरिएको छ । संस्थागत रुपमा सक्रिय रहेको पशुपतिनगर उद्योग बाणिज्य संघमा तीन सय ५० जना उद्योगीहरु संलग्न रहेका थिए । एकिकृत रुपमा उद्योग बाणिज्य संघ गठनका लागि फिक्कल उद्योग बाणिज्य संघसँग तीन साता अघि देखि छलफल भइरहेको थियो ।
कृषिजन्य सामग्री उत्पादन राम्रो हुने इलामको सूर्योदय नगरपालिका क्षेत्रमा धेरैजसो चिया, दूध, अदुवा, अम्रसो संकलन तथा प्रशोधनका उद्योगहरु संचालन मा रहेका छन् । भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका क्षेत्रमा किसानले आफै पनि चिया उद्योग खोलीकाएकाले पछिल्लो सयमा उद्योगको संख्या बढ्दै गएको छ ।
उद्योगीहरुको संख्या बढेपछि नगरपालिका भरीको उद्योग बाणिज्य संघ नबनेकाले त्यसका लागि तयारी सुरु गरिएको उद्योग बाणिज्य संघ पशुपतिनगरका अध्यक्ष प्रमोद राईको भनाइ रहेको छ । नगरपालिकाको फिक्कल, गोर्खे, पशुपतिनगर, आइतबारे, तीनघरे,हर्कटे, कन्याम लगायतका क्षेत्रमा उद्योग खुुल्ने क्रम बढृको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार