Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

इलामको आख्रेमा अचानक तीनवटा पशु मरे

इलामको आख्रेमा अचानक तीनवटा पशु मरे

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस १७ २०७४


इलामको आख्रेमा अचानक तीनवटा पशु मरे

इलाम । इलाम नगरपालिका ५ ओख्रेमा एक परिवारले पालेका पशु चौपाय अचानक मरेका छन् । स्थानीय बिरबहादुर अधिकारीले पालेका तीनवटा पशु गएराती अचानक मरेका हुन् ।

साँझमा खोले खाइसकेपछि बिरामी परेको र एउटा माउ गाई, बाछी र एउटा खसी मरेको छ । अन्य दुई वटा बाख्रा पनि विरामी परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

खोलेमा बिस मिसिएर यस्तो घटना भएको वताइएको छ । गाई गोठमा ल्याइएको पानीको मुहानमा विष मिसाइएको हुन सक्ने परिवारको शंका छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार