इलाम । पूर्वी इलामको सूर्योदय नगरपालिको फिक्कलबाट रेडियो बुद्धबाणीले औपचारीक रुपमा प्रसारण सुरु गरेको छ । रेडियोको नेपाल पत्रकार महासंघका केन्द्रि सचिव रामप्रसाद दाहाल र सूर्योदय नगरपालिका इलामका उपमेयर दुर्गादेवी भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सूर्योदय सञ्चार विकास केन्द्रद्वारा उक्त रेडियोले गत पुस ११ गतेबाट परिक्षण प्रसारण सुरु गरेको हो । सोहि रेडियोको आव्हानमा गत पौष ५ गतेबाट १० दिने रेडियो उद्घघोषण, समाचार बाचन तथा कर्यक्रम उत्पादन सम्वन्धि तालिम समेत संचालन गरेको थियो । सो तालिमलाई रेडयो नेपालका कार्यकारी निर्देशक डा. नवराज लम्साल, कार्यक्रम प्रस्तोता अमरध्वज लामा र पत्रकार विजयशेखर भट्टराईले सहजिकरण गरेका थिए ।
सूर्योदय नगरपालिका क्षेत्रमा रहेर लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान गरिरहेका पत्रकार दिनेश कुमार महतले ४० लाखको लगानीमा रेडियो संञ्चालनमा ल्याएका हुन् । रेडियो बुद्धबाँणी ९५.७ मेगाहर्जमा सुन्न सकिन्छ ।
रेडियोको औपचारिक उद्घाटनमा रेडियो नेपालका कार्यकारी निर्देशक, साहित्यकार डा. नवराज लम्सालको विशेष आथित्यता तथा स्थानिय कलाकारहरुले सास्कृतिक कार्यक्रम गरिएको थियो । उद्घाटन कार्यक्रममा इलामका अग्रज पत्रकार प्रभाकर प्रधान, धर्म गौतम, रोहितचन्द्र भट्टराई, कलाकार कुबेर राई, पुजन प्रधान लगायत स्थानीय सूर्योदय नगरपालिका क्षेत्रका सामाजिक अभियन्ता, राजनीतिक दलका नेता, समाजसेवी लगायतले मन्तव्य राख्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव रामप्रसाद दाहाललाई आमन्त्रण गरेपनि इलाममा रहेका पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जबेगु र स्थानीय पत्रकार महासंघलाई आमन्त्रण गरिएको थिएन ।
संचार संस्थाको उद्घाटनमा पत्रकार महासंघ इलाम शाखालाई आमन्त्रण नगर्नेमा रेडियो बुद्धबाणि दोस्रो रेडियो हो । यस अघि इलाममा रहेको इलाम एफ एम उद्घाटनका बेला पनि पत्रकार महासंघलाई आमन्त्रण गरिएको थिएन ।