Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कनकाई बहुमुखी क्याम्पस प्रमुखमा उप्रेती नियुक्त

कनकाई बहुमुखी क्याम्पस प्रमुखमा उप्रेती नियुक्त

  • लोकल सन्देश
  • आइतबार, पौस १६ २०७४


कनकाई बहुमुखी क्याम्पस प्रमुखमा उप्रेती नियुक्त
  • तीर्थ खरेल

सुरुंगा : कनकाई बहुमुखी क्याम्पस सुरुंगाको क्याम्पस प्रमुखमा उपप्राध्यापक विकासप्रसाद उप्रेतीलाई नियुक्त गरिएको छ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रकाश चुडालका अनुसार शनिबार बसेको सञ्चालक समितिको बैठकले उप्रेतीलाई आगामी ४ वर्षका लागि क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।

व्यवस्थापन संकाय अन्तर्गत अध्यापनरत उपप्राध्यापक उप्रेतीले २०६२ सालदेखि उक्त क्याम्पसमा कार्यरत रही सहायक क्याम्पस प्रमुख, विश्वविद्यालय अनुदान आयोग अन्तर्गत दोस्रो उच्च शिक्षा परियोजनामा सेप कमिटी सदस्य तथा उच्च शिक्षा सुधार परियोजनामा क्याम्पसको तर्फबाट संयोजक र क्यूएए फोकल पर्सन भई काम गरिसकेका छन्।

क्याम्पस प्रमुखको रुपमा नियुक्त भइसकेपछि उप्रेतीले प्राध्यापक, अभिभावक, शिक्षासेवी, विद्यार्थी, कर्मचारी, बुद्धिजीवी, राजनीतिक दल तथा चन्दादाताहरुसँग समन्वय गर्दै क्याम्पसको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाई शैक्षिक गुणस्तरमा सुधार गर्ने र बाह्य सरोकारवालासँग राम्रो सम्बन्ध कायम राख्दै क्याम्पसको हितमा क्रियाशील हुने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार