इलाम : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्यावसन) को आयोजनामा इलाममा स्र्पोटस मिट २०७४ हुने भएको छ । प्यावसनले दुइ चरणमा गरेर प्रतियोगिता आयोजना गर्ने भएको हो ।
सदरमुकाममा पत्रकार सम्मेलन गर्दै प्याब्सनले इलाम नगरपालिका–१ साखेजुङ र सुर्योदय नगरपालिकाको करफोकमा ‘स्वास्थ्य, अनुशासन र प्रगतिका लागि खेल, शान र मानका लागि हामी सवैको मेल’ नाराका साथ प्यावसन स्र्पोटस मिट २०७४ को आयोजना गर्न लागेको जानकारी दियो ।
इलाम नगरपालिका र देउमाई नगरपालिकाका विद्यालयहरुका लागि साखेजुङको नेपालटारमा पहिलो चरण अन्तर्गत पुष १४ र १५ गते हुने अध्यक्ष विकास कर्माचार्यले वताए । त्यस्तै दोस्रो चरण अन्तर्गत जिल्लाका पूर्वी विद्यालयहरुका लागि १७ र १८ गते प्रतियोगिता हुने वताइएको छ ।
पुष २२, २३ र २४ गते हुने राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितालाई टेवा पुग्ने गरि र खेलाडी उत्पादनमा जोड दिने गरि प्रतियोगिता सञ्चालन गरिने वताइएको छ । प्रतियोगिता अन्तर्गत भलिवल, कब्बडी, दौड, हाइजम्प, लङ्गजम्प लगायतका प्रतियोगिता छात्र र छात्रा समूहमा हुने जनाइएको छ ।
यस प्रतियोगितालाई वार्षिक कार्यक्रम अनुसार नै अगाडी वढाइने लक्ष्य लिइएको छ । उत्कृष्ठ खेलाडीहरुलाई मेडल र प्रमाणपत्र सहित पुरस्कार समेत प्रदान गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष कर्माचार्य सहित प्याब्सन खेलकुद आयोजक समिति संयोजक कुशबहादुर थेवे, उपाध्यक्ष तथा इलाम नगरपालिका प्याब्सन संयोजक नुनुमा राई, सचिव छविलाल लम्साल, खेल समिति संयोजक गणेश खतिवडा लगायतको जिल्लाका सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।