- धमप्रसाद जवेगु
साङरूम्बा । क्रिसमस २०१७ को उपलक्ष्यमा साङरुम्बा बाप्टिस्ट मण्डलीले ३ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । मण्डलीले पहलमान लिम्बु, जित बहादुर तामाङ र मनमाया गोलेलाई जनही नगद १ हजारका दरले सम्मान गरेको हो ।
पास्टर विरबहादुर तामाङको अध्यक्षतामा भएको क्रिसमस एवम सम्मान समारोहका प्रमुख अतिथी इलाम बाप्टिस्ट चर्च मण्डलीका सचिव दिलकुमार श्रेष्ठ रहेका थिए । कार्यक्रमका विशेष अतिथी वडाध्यक्ष लाखमान लिम्बु, सिन्धु राई, अर्जुन कुमार तामाङ, कुलबहादर लामा, बलबहादुर लामा, भानुभक्त घिमिरे, नरेन्द्र चम्लगाई, ठाकुरमान राई, प्रमिला लिम्बु लगायतले शुभकामना मन्तव्य राखेका थिए । रोना राईको स्वागत रहेको कार्यक्रममा जिसस क्राइस्टको बारेमा खगेन्द्र लिम्बुले प्रस्ट पारेका थिए ।