Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिकामा मेडपा कार्यक्रमको अभिमुखीकरण

सुर्योदय नगरपालिकामा मेडपा कार्यक्रमको अभिमुखीकरण

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस ९ २०७४


सुर्योदय नगरपालिकामा मेडपा कार्यक्रमको अभिमुखीकरण

फिक्कल । सुर्याेदय नगरपालिकाका कार्यपालिका सदस्य एवम वडाध्यक्षबिच गरिबी निवारणको लागी लद्यु उद्यम विकास कार्यक्रम (मेडपा) मोडेल सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उद्योग विकास शाखा इलामको आयोजना र सुर्योदय नगरपालिकाको संयोजनमा भएको कार्यक्रममा यस बर्ष नगरपालिकाको वडा नं ९ र १० मा संचालन गरिने भएको छ ।

उद्योग विकास शाखा प्रमुख नविनकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख रणबहादुर राई रहेका थिए । कार्यक्रममा सहभागी वडाध्यक्षहरुले स्थानिय स्तरमा सवै खाले तालिमको माग गरेका छन । यस बर्ष दलितहरुको पुनः उत्थानको लागी संचालन गरिदै आएको भगत सर्वजित कार्यक्रम नगरपालिकाको वडा नं ४, ६ र १३ नम्बरका संचालन गरिनेछ ।

भगत सर्वजित अन्र्तगत आधुनिक कृषि औजार सम्वन्धी तालिम संचालनमा ल्याउने छ । कार्यक्रममा बोल्दै नगर प्रमुख राईले कच्चा पदार्थमा आधारित मात्र नभएर रोजगार सृजना हुने खालका प्लम्वीङ, मोवाइल मर्मत, सोलार जडान जस्ता कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यकता रहेको औल्याए । कार्यक्रममा नगर उपप्रमुख दुर्गादेवी भट्टराई सहित सवै वडाका वडाध्यक्ष एवम कार्यपालिका सदस्यको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार