Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

मिसन झापासंग बदला लिन सक्ला त ?

मिसन झापासंग बदला लिन सक्ला त ?

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस ८ २०७४


मिसन झापासंग बदला लिन सक्ला त ?

फिदिम ।  डिफेन्डिङ च्याम्पियन विर्ता युनाइटेडले पाँचथरको फिदिम जारी रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि रक्षाको यात्रा आज सुरु गर्दैछ । फिदिम माविमा हुने खेलमा झापाले मिसन युनाइटेड ताप्लेजुङको सामना गर्नेछ

अघिल्लो संस्करणको फाइनलमा पनि यी नै दुई टोली भिडेका थिए । इतिहास भने विर्ताको पक्षमा छ । पाँचथरमै यसअघि यी दुई टोलीबीच दुई पटक भेट हुँदै दुवैमा विर्ता विजयी भएको थियो । विर्ताले आठौं फाल्गुनन्द गोल्डकपको फाइनल र बैशाखमा पाँचथर क्लबले आयोजना गरेकको प्रथम पाँचथर गोल्ड कपमा मिसनलाई हराएको थियो ।

ए डिभिजनका क्लब अनुभवी खेलाडी सम्मिलित टोली उतार्ने तयारीमा रहेको मिसनलाई उपाधि दोबदारका रुपमा हेरिएको छ । विर्ता युनाइटेडका तर्फबाट याेगेश गुरुङ , कर्ण लिम्बु , सुमिन मैनाली, बिशाल रार्इ जस्ता राष्टिय प्रतियाेगिताकाे अनुभव बटुलेका खेलाडीहरू मैदान उत्रने तयारी गरेका छन ।   विर्ताका व्यवस्थापक टेकराज तेलिङ आजको खेलमा पनि टोली उच्च मनोबलका साथ उत्रने बताउँछन् । अर्कोतर्फ ताप्लेजुङका प्रशिक्षक डिके मादेनले यसअघिको हारलाई बिर्साउने गरि सफल नतिजा निकाल्ने प्रयास हुने बताउँछन् ।

नवौं संस्करणको फाल्गुन्दको विजेताले उपाधि सहित ३ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । म्यान अफ दि म्याच , उत्कृष्ट रक्षक , मिडफिल्डर , फरवार्डले समान १० हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार