Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

ब्वाइज युनियन फाल्गुनन्द गोल्डकपबाट बाहिरियो

ब्वाइज युनियन फाल्गुनन्द गोल्डकपबाट बाहिरियो

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस ७ २०७४


ब्वाइज युनियन फाल्गुनन्द गोल्डकपबाट बाहिरियो

फिदिम ।  नवौं फाल्गुनन्द गोल्डकपमा सुनसरी- ११ ले बिजयी सुरूवात गरेकाे छ ।  फिदिम माविको खेल मैदानमा भएको उद्घाटन खेलमा सुनसरीले डिभाइन ब्वाइज युनियन काठमाण्डौंलाई ३–० गोल अन्तरले पराजित गर्याे ।

जितसँगै सुनसरीले क्वाटर फाइनलमा विभागिय टिम शसस्त्रकाे एपिएफ सँगको भेट पक्का गरेको छ । खेल सुरु भएको ३ मिनेटमै सुनसरीका तीर्थ बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ब्वाइज युनियनका गोलकिपरले बललाइ पुर्ण रुपमा नियन्त्रणमा लिन नसके पछि रिबाउन्डमा आएको बललाई तीर्थले पोस्टतर्फ दिशा दिएका थिए ।

खेलको ३६ औं मिनेटमा तिर्थले गाेलकिपर  अघि बढेको अवस्थामा डिफेन्डरलाई छलाउँदै सुन्दर गोल गर्दै अग्रता दाेव्वर पारे । खेलको ६० औं मिनेटमा सुनसरीका सौजन याख्खाले वान भर्सेज वानको स्थितिमा गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

अधिकांश समय खेल नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा ब्वाइज युनियन घर फर्किन बाध्य बन्यो । पहिलो हाफमा पाएको धेरै अवसरहरुमा गोल गर्न नसक्दा नै ब्याइज युनियनले खेल गुमाएको हो । ब्वाइज युनियनको टोलीमा ३ जना विदेशी खेलाडी तथा ३ जना यु १९ का राष्ट्रिय खेलाडी रहेका थियो ।

खेलको सुरुमा नै गोल गर्न सक्दा टिमलाई जित्न सहज भएको सुनसरीका प्रशिक्षक श्याम मानन्धरले बताए । यता खेलाडीहरुको तालमेल नमिल्दा र खेलाडीको लागि खेल मैदान नयाँ हुदा खेल गुमाउनु परेको ब्वाइज युनियनका प्रशिक्षक सुमन श्रेष्ठले बताए । खेलमा २ गोल गरेका र्तीर्थ ‘म्यान अफ दि म्याच’ हुँदै नगद १० हजार प्राप्त गरे ।

८ दिन सम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख प्राप्त गर्दा उपविजेताले नगद २ लाख प्राप्त गर्ने छन् । हरेक दिनको म्यान अफ दि म्याच तथा प्रतियोगिताको उत्कृष्ट रक्षक, प्रशिक्षक, मिडफिल्डर र फरवार्डले समान नगद १० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छ । शनिबार हुने दाेश्राे दिनकाे खेलमा डिफेन्डिङ च्याम्पियन बिर्ता युनाइटेडले मिसन युनाइटेड ताप्लेजुङकाे सामना गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार