Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मैनालीले गरे १५ लाख मुल्य बराबरको जग्गादान

मैनालीले गरे १५ लाख मुल्य बराबरको जग्गादान

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस ७ २०७४


मैनालीले गरे १५ लाख मुल्य बराबरको जग्गादान

इलाम । इलाम नगरपालिका ९ निवासी गोविन्द मैनालीले १५ लाख मुल्य पर्ने जग्गा  खानेपानी उपभोक्ता समितिलाई दान गरेका छन् । पिउने पानीको अभावमा असहज जीवन विताइरहेका इनपा ९ भञ्ज्याङमुनिका बस्तीमा पिउने पानीको व्यवस्थापन गर्न उनले जग्गा दान गरेका हुन् ।

स्थानीय ढोडेनी भञ्ज्याङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई ३ आना जग्गा दान गरेको मैनालीले बताए । मालपोत कार्यालय परिसरमा भेटिएका समितिका सल्लाहकार किशोर कार्कीले १५ लाख मुल्य बराबरको जग्गा दान गरेको पुष्टि गरे । विहीबार नै समितिको नाममा सो जग्गा आइसकेको छ ।

आफ्ना दिवंगत मातापिता चन्द्रकला र जयप्रसाद मैनालीको स्मृतिमा सो पुण्य काम गरिएको गोविन्दले बताए । सो जग्गामा समितिले पिउनेपानीको ट्याङ्की निर्माण गर्ने समितिका अध्यक्ष होमबहादुर गौतमले बताए । सो पिउने पानी आयोजना सम्पन्न भइसक्दा सो क्षेत्रका अन्दाजी ४ सय जना लाभान्वित हुनेछन् ।

मैनाली उनै ब्यक्ति हुन् जसले विनाकसुर जापानको जेलमा १४ बर्ष विताएका थिए । १४ बर्षपछि जापानको उच्च अदालतले मैनालीलाई बेकसुर सावित गरि क्षतिपूर्तिको रकम भराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार