इलाम, । आर्दश मावि इलाममा पुजन गुरुङको अध्यक्षतामा ३१ सदस्यीय अखिल क्रान्तिकारी इकाइ समिती गठन भएको छ । समितीको उपाध्क्षमा दिक्षा सेन्चुरी, दिपेन राई र दिपा रायमाझी चयन भएका छन ।
सचिव जुनु चौलागाई, सहसचिव एलिशा राई, प्रशान्त राई र पुजा संजेल, कोषाध्यक्ष मिलन अधिकारी छन । छात्रा विभाग प्रमुखमा इन्द्रा फियाक, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख कुशल राई रहेका छन । अपिल लम्जेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सन्धिभक्त शंकर रहेका थिए ।
अन्य अतिथीहरुमा प्रकाश परियार, विपिन पोख्रेल, मनिष लिम्बु, सन्ध्या राई रहेका थिए ।