Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रेडियो बुद्धबाणि ९५.७ मेगाहर्ग इलामको १० दिने तालिम शूरु

रेडियो बुद्धबाणि ९५.७ मेगाहर्ग इलामको १० दिने तालिम शूरु

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस ६ २०७४


रेडियो बुद्धबाणि ९५.७ मेगाहर्ग इलामको १० दिने तालिम शूरु

फिक्कल । सुर्योदय संचार बिकाश केन्द्र र रेडियो बुद्धबाणि ९५।७ मेगाहर्गको आयोजनामा आजदेखि १० दिने सामाचार बाचन , समाचार उत्पादन तथा कार्यक्रम प्रस्तुति ,उत्पादन साथै कार्यक्रम उद्घोषण आधारभुत कार्यक्रम इलामको सुर्योदय नगरपालिका फिक्कलमा सुरु भएको छ ।

कार्यक्रमको आज सुर्योदय नगर पालिकाका भौतिक पुर्बधार समितीका संयोजक होम बहादुर कार्की तथा अग्रज पत्रकार प्रभाकर प्रधानले संयुक्त रूपमा पानसमा दिप प्रजलन गरेर उद्घाटन गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अथिती रहेका कार्कीले आउदो दिनमा सञ्चार जगत संग मिलेर सहकार्य गर्दै नगरपालिका हरबखत बेला रेडियो संगै मिलेर जाने प्रष्ट पार्नुभयो । तेस्तै अग्रज पत्रकार हरि प्रसाद लुइँटेलले आउदो दिनमा रेडियो बुद्धबाणिले सबै पक्षलाई समेटि लानुपर्ने भन्दै सन्चार जगतमा नौलो आयम थप्नेमा आशा व्यक्त गर्नु भयो ।

कार्यक्रमको स्वागत मन्त्ब्य राख्दै अग्रज पत्रकार जीवन शर्माले रेडियो बुद्धबाणिले जात जाती भाषा संस्कृती लाई समान गरि स्थानीय स्तरमा रहेर सहकार्य गर्नेमा जोड दिनुभयो ।

१० दिन सम्म चाल्ने तालिममा मुख्य आकर्षक रेडियो नेपालका कार्यकारि निर्देशक डा नवराज लम्साल ,रेडियो नेपालका कार्यक्रम संयोजक अमर ध्वज लामाको प्रमुख प्रशिक्षक तथा अग्रज पत्रकार तथा नेपाल टेलिभिजन इलामका बिजय शेखर भट्टराईले दिन शुरु गर्नुभएको छ ।

सुयोदय सञ्चार बिकास केन्द्र र रेडियो बुद्ध वाणी एफ एमका अध्यक्ष दिनेश कुमार महतको सभापतित्वमा भएको कार्यक्रममा उहाले नेपालमा पर्यटकिय साथै लोपन्मुख जाति रहेको ठाँउमा यी सबै कुराहरुलाई समेटेर विशेष योगदान अनि प्राथमिकता दिने बताउनुभयो । आज शुरु भएको उक्त तालिममा ७२ जना प्रशिक्षार्थीको सहभागिता रहेको कार्यक्रम सञ्चालक धडकन शर्माले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार