Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

वीरगञ्जस्थित ग्यास उद्योगमा भिषण आगलागी

वीरगञ्जस्थित ग्यास उद्योगमा भिषण आगलागी

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस ५ २०७४


वीरगञ्जस्थित ग्यास उद्योगमा भिषण आगलागी

काठमाडौं : पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ। आगलागीमा परी २ जनाको मृत्यु भएको बताइए पनि प्रहरीले त्यसको आधिकारिक पुष्टि गरेको छैन।

आगो लागेको जानकारी पाउनेबित्तिकै सिमरा एयरपोर्ट, अमलेखगञ्ज आर्मी तथा जितपुर सिमराबाट पनि दमकल ल्याएर आगो निभाउने प्रयास भइरहेको पर्साका प्रहरी उपरीक्षक एसपी डा गणेश रेग्मीले बताए। आगोलाई बस्तीतिर फैलिन नदिन र क्षति न्यूनिकरण गर्न सक्दो प्रयास गरिरहेको रेग्मीले बताए। ग्यास लिक भएर आगो लागेको हुनसक्ने उनको अनुमान छ।

घटना स्थलमा २ वटा शव भेटिएको प्रत्यक्षदर्शीले बताए पनि एसपी रेग्मीले त्यसको पुष्टि गरेनन्। मानवीय क्षतिबारे पुष्टि हुन बाँकी नै रहेको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार