राेङ । इलामको पुर्वी क्षेत्र रोङमा गाँउपालिका स्तयिर अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उद्योग विकास शाखा इलामको आयोजनामा भएको कार्यक्रममा रोङ गाँउपालिका–६ मा गरिवी निवारण तथा आर्थिक समृद्धिका लागी लघु उद्यम विकास कार्यक्रम संचालन हुने जानकारी गराइयो ।
एक्टिभ नेपाल नाम संस्थाले उद्योग विकास शाखासंगको समन्वयमा सो कार्यक्रम संचालन गर्ने संस्थाका कार्यक्रम संयोजक राजकुमार धितालले जानकारी दिए । उद्योग विकास शाखाका प्रमुख नविनकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी गाँउपालिका प्रमुख शम्शेर राई रहेका थिए ।
कार्यक्रममा गाँउपालिका उपाध्यक्ष चन्द्रकला राई, उद्योग विकास शाखाका नायव सुव्वा खड्ग बस्नेत, वडाध्यक्ष मात्रिका बराल, युवराज राई लगायतको उपस्थिती रहेको थियो ।