Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इन्द्र आङ्वो ‘मौसम’ लिम्बूले प्रदेश १ बाट आफु मूख्यमन्त्रीमा दाबी

इन्द्र आङ्वो ‘मौसम’ लिम्बूले प्रदेश १ बाट आफु मूख्यमन्त्रीमा दाबी

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस १ २०७४


इन्द्र आङ्वो ‘मौसम’ लिम्बूले प्रदेश १ बाट आफु मूख्यमन्त्रीमा दाबी

पाँचथर। पाँचथरमा वामगठबन्धनको पाँचथर क्षेत्र नं  २ बाट नव निर्वाचित सांसद इन्द्र आङ्वो ‘मौसम’ लिम्बूले प्रदेश १ बाट आफु मूख्यमन्त्री पाउनुपर्ने दावी गरेका छन् । वामगठबन्धन दुई दलवीचको सहमतिमा निर्माण भएकोले पाँचथर क्षेत्र नं –२ वाट निर्वाचित आङबोले नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री आपूले पाउनुपर्ने बताए ।

वामगठबन्धनले ६ वटा प्रदेशमा वहुमत प्राप्त गरेकाले नेकपा माओवादी केन्द्रले ३ वटा प्रदेशमा मुख्यमन्त्री दावी गर्ने सांसद आङबोले बताए । त्यसमध्ये प्रदेश नं १ वाट आफूले मुख्यमन्त्री पाउनुपर्ने बताए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको सहमतिमा बनेको वामगठबन्धनले जीत हासिल गरेकोले सिट संख्याभन्दा पनि प्रदेश सरकार संचालनको बाँडफाँट हुनुपर्ने आङबोको भनाई छ ।

प्रदेश नं १ मा नेकपा माओवादी केन्द्रले १० स्थानमा जीत हासिल गरेको छ । लोकतान्त्रिक गठबन्धनको तर्पबाट उम्मेदवार नेपाली काँग्रेसका सुरेन्द्रकुमार दाहाललाई ४ हजार ७ सय ९१ मतको फराकिलो अन्तरले पराजीत गरी सांसद बनेका इन्द्रबहादुर आङ्बो नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य हुन् । पहिलोपटक निर्वाचित इन्द्र आङवो ‘मौसम’ ले १६ हजार ९ सय ८ मत प्राप्त गरी जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरेन्द्र दाहालले १२ हजार एक सय १७ मत प्राप्त गरेका छन् ।

वामगठबन्धनले प्रदेश नं १ मा प्रत्यक्षतर्फ ५६ सिटमध्ये नेकपा एमालेले ३६, नेकपा माओवादी केन्द्रले १० गरी ४७ सिट छ । नेपाली काँग्रेसले ८ स्थान, सङ्घीय समाजवादी फोरमले १ र स्वतन्त्रले एक स्थानमा जीत हासिल गरेको छ । प्रदेश नं १ मा एमालेको ६४।२८ प्रतिशत, माओवादी केन्द्र १७।८५ प्रतिशत, काँग्रेसले १४।२८ प्रतिशत, सङ्घीय समाजवादी फोरम १।७८ प्रतिशत र स्वतन्त्रको १।७८ प्रतिशत प्रदेश सभामा सहभागी हुने छ, भने समानुपातिक प्रणालीको ३७ सिट विभाजन भइसकेको छैन । यसहिसावले वामगठबन्धनले ८० प्रतिशत र २० प्रतिशत काँग्रेस लगायत अन्य छन् ।

प्रदेश नं १ को मुख्यमन्त्री हुने प्रचार गर्दै निर्बाचनमा होमिएका वामगठबन्धनकै नेताहरुलाई चुनौती दिदै इन्द्रबहादुर आङबोले आपू पनि मूख्यमन्त्री हुन योग्य भएको बताए । विद्यार्थी संगठनदेखि माओवादी जनमुक्ति सेनाका व्रिगेड कमाण्डर हुँदै पार्टी केन्द्रीय सचिवालय सदस्य रहेका आङबोले माओवादी केन्द्रको तर्फबाट प्रदेश सरकारको नेतृत्व गर्न पार्टीले नै जिम्मेवारी दिइसकेको समेत बताए । फिदिम नगरपालिका–११ नाङगीन फेवादिन २०३९ साउन २९ गते नरेन्द्रप्रसाद आङबो र रणमाया आङबोको कोखबाट जन्मिएका उनी २०५६ सालदेखि विद्यार्थी राजनीति लागेका थिए । प्रविणता प्रमाण पत्र तहसम्म अध्यायन गरेका आङबो माक्र्सवाद शिक्षाबाट प्रभावित भएर कम्यूनिष्ट राजनीतिमा लागेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार