इलाम, ः इलाममा समानुपातिकको मत गणना भइसकेको छ । अन्तिम नतिजा अनुसार ६१ हजार ६ सय ३० मत सहित समानुपातिकमा समेत एमालेकै अग्रता रहेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४२ हजार ३ सय ९२ मत प्राप्त गरेको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा एमालेले ३१ हजार २ सय ४७ र २ मा ३० हजार ३ सय ८३ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा १७ हजार ७ सय छ मत र दुईमा २४ हजार ६ सय ८६ मत प्राप्त गरेको छ ।
नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । केन्द्रले प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा ३ हजार २ सय ४ र दुईमा ४ हजार २२ गरि ७ हजार २ सय २६ मत प्रतप्त गरेको छ । चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले निर्वाचन क्षेत्र नम्वर १ मा १७ सय ९० र दुईमा १५ सय ६७ गरि ३ हजार ३ सय ५७ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ स्थानमा छ । राप्रपाले प्रतिनिधि सभा १ मा २ हजार २ सय २१, २ मा ३ सय ५९ गरि २ हजार ५ सय ६९ मत प्राप्त गरेको छ । नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधि सभा १ मा २ सय १२ र दुईमा १ सय ५ गरि ३ सय १७ मत प्राप्त गरेको छ ।
निर्वाचन क्षेत्र नम्वर १ मा राष्ट्रिय जनता पाटीले २७ र दुईमा १ सय १३ गरि १ सय ४० मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले १ मा ६१ र ८४ मत प्राप्त गरेको छ । राष्ट्रिय जनमुक्ती पाटीले प्रतिनिधि सभा १ मा १ सय २८ र २ मा १३ सय ३१ मत प्राप्त गरेको छ ।
इलाममा जम्मा दुइ लाख चार हजार ४६ मतदाता रहेका छन् । यहा प्रदेश सभा १ मा ६४ हजार ४ सय ७९ मत खसेको थियो भने ४ हजार ५ सय ३० मत बदर भएको थियो । २ मा ६९ हजार ७ सय ४८ मत खसेको थियो भने ३ हजार ५ सय ३७ मत बदर भएको मुख्य निर्वाचन कार्यालय इलामले जानकारी दिएको छ । दुई प्रतिनिधि सभा र ४ प्रदेशसभा रहेको इलामका सवै स्थानमा बाम गठबन्धनले विजय हाँसिल गरेको छ ।