Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको पूर्वी  क्षेत्र २१ वडा अन्धकारमा

इलामको पूर्वी  क्षेत्र २१ वडा अन्धकारमा

  • ग‌गा पराजुली
  • बुधबार, मंसिर २७ २०७४


इलामको पूर्वी  क्षेत्र २१ वडा अन्धकारमा

इलाम । पुर्वी इलामका २१ वटा वडामा विद्युत अवरुद्ध भएको छ । सूर्योदय नगरपालिका स्थित फिक्कलमा रहेको सबस्टेसनमा समस्या आएपछि मंगलबार १२ बजेदेखि विद्युत सेवा अवरुद्ध भएको हो ।
सवस्टेसनबाट ग्राहाकमा विद्युत प्रवाह गर्ने फिडरहरुको कन्ट्रोल सिस्टमको लागी राखिएको ११० भोल्टको व्याट्री चार्ज गर्ने व्याट्री चार्जरमा समस्या आएपछि कन्ट्रोल सिस्टम आउट हुँदा इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र माई जोगमाई गाउँपालिका क्षेत्रका २१ वटा वडामा विद्युत अवरुद्ध भएको हो । विद्युत अवरुद्ध भएका पूर्वी इलामका ७० हजार जनता अन्धकारमा बस्न बाध्य भएका छन् ।
सवस्टेसनको डिसि मर्मतको काम मंगलबार देखिनै बिराटनगरबाट प्राविधिक बोलाएर मर्मतको काम शुरु गरेपनि अझै पत्ता नलागेको फिक्कल सवस्टेनले जनाएको छ । बुधबार बेलुकीसम्ममा विद्युत ग्राहाकमा प्रशारण गर्ने प्रयास गरिएपनि डि सिमा के समस्या भएको भन्ने पत्ता नलगाएकाले थप समय लाग्न सक्ने विद्युत प्राधिकरणले जनाएको छ ।
विद्युत लाइन बन्द हुँदा इलामको पूर्वी क्षेत्रका उद्योगहरुले डिजेल र पेट्रोलबाट चल्ने जेनेनेटरको प्रयोग गर्नुपर्दा खर्च बढी भएको उद्योगीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार