Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामबाट प्रदेसभामा निर्वाचित प्रदेश सासंद को यस्तो छ राजनीतिक यात्रा

इलामबाट प्रदेसभामा निर्वाचित प्रदेश सासंद को यस्तो छ राजनीतिक यात्रा

  • सुजन तिमल्सिना
  • सोमबार, मंसिर २५ २०७४


इलामबाट प्रदेसभामा निर्वाचित  प्रदेश सासंद को यस्तो छ राजनीतिक यात्रा

खिनु लङ्वा लिम्बु क्षेत्र नम्बर १ को प्रदेशसभा १

खिनु लङ्वा लिम्बु प्रदेशसभा इलाम क्षेत्र नं १ को १ की बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन । २०२७ सालमा बाबु बिर्खबहादुर लिम्बु र आमा फिकिरानी लिम्बुको कोखबाट जन्मिएकी उनी अनेरास्ववियुबाट विद्यार्थी राजनिती सुरु गरेकी हुन ।
महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी उनी २०४७ सालबाट नेकपा एमालेको सदस्यता प्राप्त गरेपछि सक्रिय राजनितिमा आइन । २०४७ देखी २०५१ सालसम्म अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष रहिन । मंसिर २१ को निर्वाचनमा इलाम क्षेत्र नं १ को १ मा बाम गठबन्धकी खिनु लङ्वा लिम्बुले दोव्वर मतान्तरले चुनावी जितिन् । लिम्बुले १८ हजार ६ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका देवेन्द्र राईले ९ हजार ३ सय २७ मत मात्र प्राप्त गरे ।

प्रदेश सभा १ को १: काजिमान कागते : नेकपा एमाले

काजिमान कागते पुर्वी इलामको चर्चित नाम हो । विक्रम संम्बत २०१८ सालमा जन्मिएका कागतेले तत्कालिन मालेबाट २०३६ सालबाट राजनीनितिक यात्रा शुरु गरेका थिए । २०४७ सालमा पार्टी संदस्यता लिएर राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय कागतेले पार्टीको युवा संघ, किसान संघ, गाउँ पार्टी कमिटी हुँदै स्थानीय निकायको तहमा वडाध्यक्ष हुँदै साविक कन्याम गाविसको उपाध्यक्ष समेत भएपछि जनताको काममा सक्रिय भएपछि निकै लोकप्रियता कमाएका छन् ।
पछिल्लो समय नेकपा एमालेको साविक क्षेत्रीय अध्यक्ष समेत भइसकेको काजिमान कागतेको नाम पूर्वी इलामका सबैजसोको जनजिब्रोमा छ ।
नेकपा एमालेको नेतृत्व गरेपनि विकास र समाजिक काममा राजनीति भन्दा माथि उठेर काम गर्दै आएका कागते चिया किसानसँगै उद्योगी पनि हुन् । इलामको प्रतिनधि सभाको क्षेत्र नम्बर १ को ख बाट बाम गठबन्धनको प्रदेशसभा सर्वसम्वत उमेद्धवार काजीमान कागते मतदातकहाँ विकासका एजेण्डा लिएर मत मागेबम थिए ।
मंसिर २१ को निर्वाचनमा इलाम क्षेत्र नं १ को २ मा बाम गठबन्धकै काजीमान कागतेले ७ हजार ९ सय ६५ मतान्तरले बिजयी बने । उनले १७ हजार ९ सय ८६ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार दुर्गा बरालले १० हजार २१ मत प्राप्त गरेका छन ।

राम राना नेकपा एमाले : इलाम क्षेत्र नम्बर २ को १ बाट

राम राना आसन्न प्रतिनिधी एवम प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट प्रदेशसभाको निर्वाचनको लागी इलाम क्षेत्र नं २ को १ का उम्मेदवार हुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाट विद्यार्थी राजनिती सुरु गर्नुभएका रानाले २०३७ सालमा इलाम जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

अध्ययनको सिलसिलामा राना २०४३ सालको महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सभापती निर्वाचित हुनुभएको थियो । २०४४ सालको अनेरास्ववियुको केन्द्रिय सदस्य बन्नुभएका राना इलाममा युवा संघको स्थापना हुँदा संस्थापक सचिव जस्तो पदमा निर्वाचित हुनुभएको थियो ।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक मंगलबारे गाविसको अध्यक्ष समेत उनी एमालेको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै जिल्ला अध्यक्ष बनेका हुन । उनी नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व सचिव समेत हुन् । राजनितिक परिर्वतनको लागी उनले ३ बर्ष जेल जिवन समेत विताएका थिए ।

रानाको मुख्य प्रतिस्पधा नेपाली कांग्रेसको पुर्व कोषाध्यक्ष डम्बर खडका संग रहेको थियो । मंसिर २१ गते भएको प्रदेश सभा इलाम क्षेत्र नं २ को १ मा बाम गठबन्धनका राम बहादुर मगरले ३ हजार ५ सय ५२ मतान्तरले बिजयी बने । मगरले १९ हजार ८ सय ३८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खडकाले १६ हजार २ सय ८६ मत प्राप्त गरे ।

इलाम क्षेत्र नम्बर २ को २ धिरेन शर्मा “रमण”: नेकपा माओवादी केन्द्र

धिरेन शर्मा “रमण” एकिकृत नेकपा माओवादी इलामका संयोजक हुन् । बुबा तुलसीराम तिम्सिना आमा नरमाया तिम्सिनाको कोखबाट ३०३१ मंसिरमा जन्मिनुभएका रमणले स्नातकसम्म अध्ययन गरेका छन् । बाल्यकालमा कम्युनिष्ट पार्टीप्रति झुकाव राख्ने गरेका रमणमा पञ्चायतकालमा पिष्कर हत्याकाण्डको विरोधमा देशभर आन्दोलन चर्केसँगै राजनितिक चेतना बढ्दै गएको थियो ।
२०४७ सालदेखि अनेरास्ववियुबाट संगठित रुपमा राजनितिमा प्रवेश शुरु गरेका रमणले २०५१ सालमा पार्टीको सदस्यता लिएका थिए ।
२०५२ सालदेखि माओवादीले शुरु गरेको जनयुद्धबाट प्रभावित भएर २०५३ सालदेखि माओवादी आन्दोलनमा होमिएका रमणले २०५५ मा अनेरास्ववियू क्रान्तिकारीको संम्मेलन आयोजक समितिको संयोजक, २०५६ मा अध्यक्ष भएर आन्दोलनमा सहभागी भएका थिए । जनयुद्धका क्रममा २०५६ सालबाट गिरक्तारमा परेका रमणले २०५८ सालसम्म जेल जिवन पनि बिताएका थिए ।
जेलबाट छुटेपछि पार्टीको विभिन्न तहमा र जनयुद्धकालनमा जनमुक्ति सेनाको कम्पनी कमिसार, बाटालिय साहायक कमिसार हुदै शान्ति संम्झौता भएपछि रमणले पाँचथर, तेह्थुम र इलाममा पार्टीको विभिन्न तहमा काम गरेका रमणले बाम गठबन्धनबाट इलामको क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा उमेद्धवार रहेका थिए ।

मंसिर २१ को निर्वाचनमा इलाम क्षेत्र नं २ को २ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता धिरेन्द्र शर्मा रमण ३ हजार ६ सय ५१ मतान्तरले बिजयी भए । उनले १४ हजार ७ सय १६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नेता खगेन्द्र देवानले ११ हजार ६५ मत प्राप्त गरे

प्रतिक्रिया
सम्बन्धित समाचार