इलाम । इलामकाे प्रदेशसभामा १ काे १ र २ काे १ मा बाम गठबन्धका उम्मेदवार बिजयी भएका छन । प्रदेशसभा तर्फ इलाम क्षेत्र नं १ को १ मा बाम गठबन्धकी खिनु लङ्वा लिम्बुले १८६८६ मत पाएर विजयी भएकी छन् । साे निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका देवेन्द्र राईले ९३२७ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेश सभा इलाम क्षेत्र नं २ को १ मा बाम गठबन्धनका राम राना बिजयी भएका छन् । रानाले १९ हजार ८ सय ३८ मत प्राप्त गरेर विजयी भएका छन् । साे क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खडकाले १६ हजार २८६ मत प्राप्त गरेका छन ।
इलाम क्षेत्र नं २ को २ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता धिरेन्द्र शर्मा रमण अगाडी छन् । धिरेन्द्र शर्मा (बाम गठबन्धन-माओवादी केन्द्र) ११ हजार १५७ अग्रता कायम राख्दा नेपाली कांग्रेसका नेता खगेन्द्र देवानले ७ हजार ६५३ पच्छ्याउँदै मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।