Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट बिजयी सुवासचन्द्र नेम्बाङकाे राजनीतिक यात्रा

प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट बिजयी सुवासचन्द्र नेम्बाङकाे राजनीतिक यात्रा

  • सुजन तिमल्सिना
  • आइतबार, मंसिर २४ २०७४


प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट बिजयी सुवासचन्द्र नेम्बाङकाे राजनीतिक यात्रा

इलाम । कानुनमा स्नातक गरेका सुवासचन्द्र नेम्बाङको स्व. राम बहादुर नेम्वाङ स्व. अपिन्द्र कुमारी नेम्वाङको कोखबाट २००६ सालमा भएको हो । इलाम नगरपालिका ७ स्थायी घर भएका नेम्बाङ नेपालका संविधानसभाका दुईवटै निर्वाचन पछि गठित संविधासभाको अध्यक्ष भई संविधान जारि गर्न मुख्य भुमिका निर्वाहा गरेका थिए ।
दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसदको सभामुख बनेका सुवासचन्द्र नेम्वाङले लामो समय त्यही संसदको सभामुख भई काम गर्ने अवसर पाए । इलामबाट २०५६ सालको संसदीय निर्वाचनमा विजयीपछि कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत भएर काम गरेका थिए ।
नेकपा एमालेको केन्द्रीय सदस्य र कानून विभाग प्रमुख रहेका नेम्वाङले २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । कानून व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी पनि सम्हालेका थिए ।
२०२९ सालमा अनेरास्ववियुको तर्फबाट इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पसको स्ववीयु सभापति भएसँगै नेम्बाङ राजनीतिमा निरन्तर क्रियासिल रहेका छन् । एमालेको संसदिय दलको उपनेता समेत भएका नेम्बाङ स्थायी कमिटी सदस्य हुन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङले २०३३ सालमा राजकाज मुद्दामा जेल परेका थिए । त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातकसम्मको अध्ययन पछि नेपाल ल क्याम्पसमा २०३५ सालदेखि २०५१ सम्म प्राध्यापक गरेका थिए ।
अध्ययन र समाजसेवामा रुचि हरेको बनाउने नेम्बाङ संविधान निर्माणपछि हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा  नेम्बाङले इलाम क्षेत्र नम्बर दुईबाट ९ हजार ६५४ मतान्तरले बिजयी भएका छन । नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गरेका छन् भने  उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार