इलाम । क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ मा मतगणनाका क्रममा बिवाद उत्पन्न भएपछि दिउसो १ बजेदेखि मतगणना संचालनमा आउन सकेको छैन । मूचुल्का गरिएको मतपत्रको संख्या भन्दा ३६ वटा मतपत्र बढी भेटिएपछि गणना स्थगित भएको हो ।
फाकफोकथुमको आम्चोकस्थित सिंहदेवी, छायादेवी, लक्ष्मीदेवी केन्द्र, फूएतप्पाको विष्णु मावि, माइनगरपाकिाको महमाईस्थित गोतामेटार केन्द्र र माङसेवुङको इभाङस्थित दहगाउ“को मतपेटिका एक ठाउ“ मिसाएर अन्तिम गणना गर्ने क्रममा यो समस्या देखिएको हो । राजनीतिक दलसहित निर्वाचन अधिकारीहरु समहतिको प्रयासमा रहे पनि साँझ सम्म समाधान निस्कन सकेको छैन । अन्य क्षेत्रकाे भने निरन्तर मतगणना भइरहेकाे छ ।
साे क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता धिरेन्द्र शर्मा रमणले ५ हजार ७ सय १४ मत प्राप्त गरि अगाडि छन् । उनलार्इ नेपाली कांग्रेसका नेता खगेन्द्र देवानले ३ हजार ७ सय १ मत प्राप्त गरि द्धितिय स्थानमा छन् ।